Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ ०८ गते शनिबार

जनज्याेतिले पार गर्याे २३ बर्ष, स्थापनाका अवसरमा अनाथालयमा सहयाेग ।

सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले २३ औँ स्थापना दिवस मनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषीमा रहेको जनज्योति बहुमुखी क्याम्पसले शनिबार विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै क्याम्पसको स्थापना दिवस मनाएको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले बताएका छन्।
उनका अनुसार क्याम्पस परिसरमा वृक्षारोपण र महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रु पच्चीस हजार एक सय पच्चीस रुपैयाँ सहयोग हस्तान्तरण गरेर स्थापना दिवस मनाइएको हो।
क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीले स्थापनाकालदेखि नै प्रत्येक वर्ष जनज्योतिले सामाजिक कार्य गरेर स्थापन दिवस मनाउँदै आइरहेको बताउँदै यस वर्ष बाल अनाथालयमा सहयोग गरेको बताए। उनले भने ‘प्रत्येक वर्ष जनज्योतिले सामाजिक कार्य गर्दै आइरहेको छ, तसर्थ हामिले पनि स्थापना दिवसको अवसरमा अनाथालयमा केही रकम सहयोग गरेका छौँ।’ साथै न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनुका साथै समाजलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य क्याम्पसको रहेको उनको भनाई रहेको छ।
त्यसैगरी जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशीले  क्याम्पस वि.सं. २०५८ सालमा स्थापना भई हालसम्म न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए। साथै उनले जनज्योतिले प्रत्येक वर्ष सामाजिक कार्य गरेर स्थापना दिवस मनाइरहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता गरेका छन्।
उक्त वृक्षारोपण तथा सहयोग हस्तान्तरण कार्यक्रममा जनज्योति एजुकेसनल फाउन्डेसनमा आवद्ध शिक्षक, प्राध्यापक, कर्मचारी, सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।
जनज्योति एजुकेसनल फाउन्डेसनद्वारा जनज्योति बहुमुखी क्याम्पस र जनज्योति माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन्। जन्जयोति बहुमुखी क्याम्पसमा स्नातक तहमा बिसिए, बीबीएस, बिएड, बिएसडब्लु र बिएको पठनपाठन हुने गरेको छ भने स्नातकोत्तर तहमा एमबिएस, एमए र एमएडको पढाई हुने गरेको छ । जनज्योति माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र कानुन विषयको पठनपाठन हुने गरेको छ। ११० जना प्राध्यापक शिक्षक तथा कर्मचारी रहेको उक्त फाउन्डेसनमा हाल पच्चीस सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। साथै यस वर्षदेखि क्याम्पसले भौतिक पूर्वाधार विकास गर्नुका साथै नयाँ व्यवस्थापन सहित स्नातक तहमा भर्ना खोलेको क्याम्पसले जनाएको छ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>