Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २८ गते बुधबार

मझगाउ बिमानस्थल संचालनका लागि पुन: सिलान्यास

सशस्त्र दन्द्धको बेला असुरक्षाको कारण देखाउदै बन्द भएको कञ्चनपुरको मझागाँउ विमान स्थलको पुनःसञ्चालनका लागि शिलान्यास भएको छ । 
बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका हुन । २०३० सालमा सञ्चालनमा आएको विमान स्थल २०५६ सालमा बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन । विमानस्थलको २२ वर्षपछि  पुनःसञ्चालनका लागि शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलले मझगाँउ विमानस्थलमा छिट्टै विमान सञ्चालन हुने बताए । उनले निमार्णका लागि सबैलाइ सहयोग गर्न समेत आग्रह गरे । विमास्थलको पहिलो चरणमारनवे निमार्ण हुनेछ । मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन ।
नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>