Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १० गते सोमबार

महाकाली पारि सडक सरसफाई, सडक दुर्घटना संगै वन्यजन्तु आक्रमण न्युनिकरण हुने

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ् । वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्धेश्यलेले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो । स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडा अध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । आफु जनप्रतिनिधी भएर आईसकेपछि निरन्तर वडामा रहेका सडकहरुमा सरसफाई कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । प्रत्येक शनिवार वडा क्षेत्रमा रहेका सडकहरुमा स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा सडक छेउमा उम्रेका झाँडी, फोहरहरुलाई सरसफाई गर्ने कार्यक्रम रहेको अध्यक्ष खत्रीले बताउनुभएको छ् । वडाध्यक्ष खत्रीले थालेको सरसफाई अभियानलाई स्थानियहरुले स्फुर्तरुपमा सघाउदै आएका छन् । साताव्यापी सरसफाई अभियानको पहिलो दिन माननिय चौराह देखि ईलाका प्रहरी कार्यालय सम्मको मुल सडक खण्ड सरसफाई गरिएको छ् । सडकमा उम्रेका झाँडी तथा फोहरका कारण सडक दुर्घटना न्युनिकरण हुने, वन्यजन्तु आक्रमण रोकिने, तथा डेंगु तथा मलेरिया जस्ता रोग नियन्त्रणमा सघाउन पुग्ने अपेक्षा गरिएको छ् । भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले सडकमा उम्रेका झाँडी सरसफाई कार्यक्रम सबै वडाका सडकहरुमा गरिनु पर्ने बताउनुभएको छ् । सडक दुर्घटना न्युनिकरण संगै वन्यजन्तुको आक्रमणलाई रोक्न समेत सडक सरसफाई कार्यक्रमले सघाउने भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले बताउनुभएको छ् । हरेक साता गरिने भनिएको सडक सरसफाई कार्यक्रमले वातावरण सफा र सकड चिटिक्क देखिने, विषेशत : सडक दुर्घटना न्यु्निकरण, वन्यजन्तु आक्रमण न्युनिकरण तथा डेंगु जस्ता रोग नियन्त्रणमा  केही हद सम्म सघाउ पुग्ने स्थानियबासीहरुले विश्वास लिएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>