Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ११ गते मङ्गलबार

कैलालीमा बहुमतका छ जना पक्राउ, बिना सर्त रिहाइ गर्न माग ।

प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो । अत्तरियाको प्रतिभा पुस्तकालयमा बैठक बसिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।


सुदूरपश्चिम बिद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको जिल्ला ईन्चार्ज डिडि पाण्डेयले बताए । पाण्डेयले एक बिज्ञप्ति जारि गर्दै भ्रष्टाचारका विरुद्ध निरन्तर संघर्षरत रहेको हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज कमरेड संघर्ष, व्युरो कार्यालय सचिव रोशन, कैलाली जिल्ला पार्टी सचिव प्रकास, जिल्ला सदस्य दिपक, संकर र करन लाई कैलाली को अतरिया बाट पार्टी को काम को सिलसिलामा हिडिरहेका कमरेडहरु लाई नेपाल प्रहरीले गुण्डागर्दी शैलीमा गरेको गिरप्तार को बिषय प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ उक्त गिरफ्तारी को निन्दा तथा घोर भत्र्सना गर्दै, गिरफ्तार गरिएका कमरेडहरु लाई तत्काल बिना सर्त रिहाइ गर्न जोडदार माग गर्दछौं । तत्काल रिहाइ नगरे हाम्रो पार्टी कडा संघर्ष मा उत्रिन बाध्य हुने कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँद छौं  बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>