बुधबार कंचनपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कोराना रोकथामका लागि विभिन्न निर्णय गरेको हो ।
सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उनका अनुसार सरकारी तथा निजी संघसंस्थाले जनचेतना मूलक कार्यक्रम गर्नेछ ।
यसैगरी राहत लगायत सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधा एकद्वार प्रणालीबाट वितरण गर्ने, माघ ७ गतेदेखि अनिर्वाय रुपमा सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा प्रवेश गर्दा कोभिड खोप लगाएको हुनुपर्ने निर्णय गरिएको छ ।
यसैगरी २५ जना भन्दा बढी सहभागी हुने खालका कार्यक्रम गर्न पाइने छैन । ‘आजदेखि कोरनाको जोखिम बढाउने खालका गतिविधि गर्न दिदैनौं,’ उनले भने, ‘विद्यालय सञ्चालन पनि गर्न पाइने छैन् ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया