Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १२ गते बुधबार

प्रकाशकाे घर माओवादि केन्द्रले बनाईदिने, सुदन संयाेजक ।

नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ ।
विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।

त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिला राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।
घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।
यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको नगर पार्टी अध्यक्ष एङराज राईले जानकारी दिए । उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ ।
झापाका प्रकाश तामाङ १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए । त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाको बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन् ।
उनलाई घरपरिवारसँग भेटाइदिने काम विद्या चापागाईंले गरेकी हुन् । विद्याले ‘हराएका वर्षहरू’ नाममा प्रकाश तामाङको कथा लिएर आएकी थिइन् । यसपछि प्रकाश तामाङको चर्चा चुलिएको छ ।
झापाबाट काठमाडौं आए हराएका प्रकाश तामाङको परिवार पछि भोजपुर सरेको थियो । अहिले प्रकाश तामाङ आफैँ पनि भोजपुर नै फर्किएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>