Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १३ गते बिहिबार

बेचिएका १२ समेत बेचबिखनकाे जाेखिममा रहेका १३५ उद्धार
फायल तस्बर

मानव वेचविखन भएका २ बालक सहित १० महिलाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले ६ महिनाको अवधिमा भारतवाट वेचविखनको जोखिममा परेका २ बालक १० महिलाको उद्दार भएकाे हो । माईती नेपाल कञ्चनपुरको सन ०२४ जनवरीदेखि जुलाईसम्मको तथ्याङ्क अनुसार भारतवाट २ बालक, ४ बालिका र ६ महिलाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरीले ६ महिनाको अवधिमा भारतका विभिन्न शहरबाट १२जना नेपालीको उद्दार गरिएको बताईन । उनका अनुसार भारतको सुरत, खटिमा, दिल्ली, शाहजापुर, हरियाणा, राजस्थान, मुम्बैवाट १/१, पुनावाट २ र देहरादुनबाट ३ जनाको उद्दार गरिएको छ। उनीहरुलाई आकर्षक

रोजगारीदेखि विभिन्न प्रलोभनमा पारेर भारत लगेर बेच्न खोजिएपछि पीडित परिवारको निवेदनका आधारमा खोजतलासी गरेर उद्दार गरिएको छ। भारतबाट उद्दार गरिएकाहरुलाई केहीलाई पुर्नस्थापना गृह र घरपरिवारको जिम्मा लगाईएको छ । ६ महिनाको अवधिमा सीमा क्षेत्रवाट १३५ जनाको उद्दार गरिएको छ । गड्डाचौकीबाट ५९, दोधाराचाँदनी झोपुङ्गेपुलबाट १८, चारलेन महाकाली पुल क्षेत्रवाट ११ र अन्य क्षेत्रवाट ४५ गरेर १३५ जनाको उद्दार गरिएको छ । ६१ वालवालिका सहित ७४ महिला रहेका वेचविखनको जोखिमवाट बचाईएको छ । कञ्चनपुर जिल्लाका मात्रै ६२ र सुप प्रदेशका अन्य जिल्लाका १०८ जनालाई मानववेचविखन गर्ने दलाल समुहले अनेकन प्रलोभन देखाएर भारत लग्ने क्रममा रोकिएको छ ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाका तीन स्थान गड्डाचौकी, दोधाराचाँदनीको झोलुङ्गे र चारलेन महाकाली पुल क्षेत्रमा रहेका सुचना परामर्स केन्द्र वाफत उनीहरुलाई सोधपुछ गरेर रोकथाम गरिएको बताईन । ३ हजार २९२ सवारी साधन चेकजाँच गरेर बालबालिका सहित महिलाको उद्दार गरिएको छ । यसविचमा १५७ जनालाई मनोसमाजिक र १८ हजार मानिसलाई सीमा क्षेत्रमा परामर्स दिईएको छ । १४१ लाई पारिवारिक पुर्नमिलन, १२ जनालाई सिधै घर फकाईएको छ । हराएका १०७ मध्ये ३२ जना फेला पारेर आफन्तको जिम्मा लगाईएको छ । १९ घरेलुका हिन्सामा १२ समाधान गरिएका छन । २ जबरजस्तीकरणीका मुद्दा दर्ता गरिएका छन ।

माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले गरिबी, विपन्नता, देखासिकी, रातारात कमाउने योजना, नक्कली विवाह, हिन्सा, समाजिक सञ्जालको दुरुपयोग, अनेकन विकृतीदेखि विवित कारणबाट महिला एवं बालवालिका बेचविखनको शिकार बनेका छन । कञ्चनपुर खुला सीमा नाका भएकाले आफन्तबाटै बेचविखन भईरहेको तथ्य फेला परेका छन । बुधवार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको 'मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि लागि सरोकारवालासंग अन्तरकृया कार्यक्रममा सहभागिहरुले माईती नेपालले स्वदेश तथा विदेशबाट समेत जोखिममा परेका मानिसको उद्दार गरेको कामको प्रसंसा गरेका छन ।

महिला अगुवा भुवन कुँवरले सरकारले गर्न नसकेको काम माईती नेपालले गरेको भन्दै प्रसंसा गरिन। उनले स्थानीय सरकारले सचेतनाका कार्यक्तम संचालनमा जोड दिईन ।

अधिवक्ता उद्धव भट्टले माईती नेपाल जस्तै सरकारले मानववेचविखन रोकथामका प्रभावकारी योजना ल्याउनुपर्नेमा विद्यमान कानुन कार्यान्वयनमा जोडदिए। सशस्त्र प्रहरी नायव उपरीक्षक टेकराज शर्माले मानव बेचविखन रोकथामका लागि माईती नेपालले सीमा नाकामा २४सै घण्टा सेवादेखि सचेतनाका कार्यक्तममा जोडदिए । उनले विश्वभरी मानव बेचविखनको समस्या भएकाले रोकथामका लागि समुदायदेखि सरकार सबै सकृय हुनुपर्नेमा जोडदिए । महिला बालवालिका क्षेत्रमा कार्यरत महिला अगुवा जानकी चन्दले सरोकारवालाको संयुक्त प्रयासवाट मानव बेचविखन रोकथाम गर्न सकिने भएकाले समन्वय आवश्यक रहेको बताईन। गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले गाँउस्तरमा सचेतना एव मानिसको आवश्यकता अनुरुप कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>