Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १४ गते शुक्रबार

जनज्याेति क्याम्पसका अस्ताएका विद्यार्थी कार्किकाे सम्झनामा वक्तृत्वकला आयाेजना ।

सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी अनिल कार्कि अकालमा मृत्यु वरण गर्न पुगेका थिए उनकै सम्झनामा असल र सफल  जिवनका लागि शिक्षा शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयाेजना भएकाे हाे ।


स्नातक तह पहिलाे वर्षमा अध्ययन गरिरहेका कार्किकाे मृत्युवरण पछि उनकाे सम्झनामा क्याम्पसमा अध्ययनरत  बिएसडब्लु तृतिय वर्षका विद्यार्थीहरूले  वक्तत्वकलाकाे आयाेजना गरेकाे हाे । कार्यक्रम आयाेजनाकाे नेतृत्व गरेका गाेबिन्द जाेशीका अनुसार क्याम्पस र माबि तहका तीन दर्जन विद्यार्थीले वक्तृत्वकलामा सहभागिता लिएका थिए । 


कार्यक्रम क्याम्पसका प्राध्यापक बिरेन्द्र साउदकाे सभापतित्वमा भएकाे थियाे भने प्राध्यापकहरु हरिप्रसाद खतिवडा, प्रजापति नेगि, क्याम्पस प्रमुख प्रकाश जाेशी लगायतका प्रध्यापक, विद्यार्थी र कार्किका परिवारका सदस्यकाे सहभागीता रहेकाे थियाे । 


प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत निशा साउद प्रथम, कक्षा ११ मा अध्ययनरत जिबिका लावड द्वितीय, कक्षा १२ मा अध्ययनरत पुजा बिष्ट तृतीय र बिएड प्रथम वर्षमा अध्ययनरत चाँदनी भट्टले सान्त्वना स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई क्रमशः रू ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको कार्यक्रमका नेतृत्वकर्ता जाेशीले बताएका छन ।
कार्यक्रममा बोल्दै जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुने बताए। साथै उनले बिएसडब्लु तृतिय वर्षका विद्यार्थीहरूले पूर्व विद्यार्थी स्व. अनिल कार्कीको सम्झनामा उक्त प्रतियोगिताको आयोजना गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताए। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई क्याम्पसले प्राथमिकता दिने बताउनुभएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>