हेर्ने कथाले ‘हराएका वर्षहरू’मा देखाएका प्रकाश तामाङका साहुका छोरा छेतेन दोण्डुपले प्रकाश आफ्नै परिवारको सदस्य भएको बताएका छन् । प्रकाशलाई आफूले बुबा सरह मान्ने गरेको उनले भनेका छन् । हेर्ने कथाले आफ्नो फेसबुक पेजमा शुक्रबार छेतेनसँग गरिएको कुराकानी सार्वजनिक गरेको छ ।
छेतेन भन्छन्, “हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सञ्जालमा आएजस्तो अन्याय गरेको छैन ।”
आफूहरूलाई प्रकाशले नै हुर्काएको सम्झिए । भने, “प्रकाशले कहिले पनि पैसाको कुरा गरेनन् । हामीले पनि गरेनौँ । तर, बेला बेलामा बाबुआमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबाआमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !”
गाउँमा हुने घोडे जात्रामा प्रकाश आफ्नो परिवारको प्रतिनिधि भएर जाने गरेको पनि छेतेनले सुनाए । प्रकाशलाई गोठालो बनाएको भन्ने विषयमा पनि उनले स्पष्टीकरण दिएका छन् । उनी भन्छन्, “गोठालाको सिजन हुन्छ । गाउँभरिको चौँरीको जिम्मा लिनुपर्छ । जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ ।”
हेर्ने कथा टिमले प्रकाशलाई भेट्दा उनी त्यसरी नै गोठालो गएको छेतेनले भनेका छन् । यही कारणले गर्दा प्रकाशलाई आफ्ना बाबुआमाले पठाउन आनाकानी गरेको कुरा प्रष्ट्याएका छन् । हेर्ने कथाको टिमसँग आफ्ना बाबाआमा अपरिचित भएको हुँदा प्रकाशलाई पठाउन असहज मानेको पनि उनले सुनाए ।
हेर्ने कथा टिमलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तपाईंहरू पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।”
प्रकाश घरकै सदस्य जस्तो भएको हुँदा तलबको कुरा अहिलेसम्म नउठेको पनि उनले प्रष्ट्याएका छन् । उनको भनाइ उद्धृत गर्दै हेर्ने कथाले लेखेको छ, “अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि तलब कसरी दिनु ! के कुरा गर्नु !”
प्रकाशले यार्सागुम्बा टिपेर कमाएको पैसा पनि आफ्नै परिवारका लागि खर्च गर्ने गरेको कुरा छेतेनले सुनाएका छन् । आफूहरूले नागरिकता बनाउन खोज्दा प्रक्रिया नमिलेको कुरा सुनाए । आफ्ना दाई पाल्जोरले आफ्नो अंश पनि प्रकाशलाई दिन खोजेको कुरा छेतेनले बताए । तर, नागरिकता नहुँदा अंश दिन नमिलेको उनको भनाइ छ । नागरिकता नभएकै कराण विवाह पनि हुन नसकेको उनले हेर्ने कथा टिमलाई भनेका छन् । उनले भनेका छन्, “नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर, आफ्नो नागरिकता नभए पछि बच्चाहरूको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।”
छेतेनका अनुसार केरुङमा बस्ने उनका काकाले प्रकाशलाई १० लाख रुपैयाँ दिन्छु भनेका छन् । त्यसैगरी फ्रान्समा बस्ने छेतेनका दाईले दुई लाख रुपैयाँ ।
छेतेनले प्रकाशलाई आफ्नो बुबा जस्तै मान्छे भन्दै भनेका छन्, “उहाँ मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु ।”
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया