Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १६ गते आइतबार

धुम्रपान निषेध अभियन्ता चन्द राष्ट्रिय समाजसेवा पुरुस्कार बाट सम्मानित

कैलाली जनपुस्तकालयले धुमपान निषेधका अभियन्ता समाजसेवी मदन चन्दलाई भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार – २०८१ प्रदान गरेको छ । कैललीको धनगढीमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका ७ हल्दुखालका चन्दलाई तीन दशकदेखि समाज सेवामा पुगाएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिया र कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि.एन जोशीले चन्दलाई दोसल्ला ओढाएर नगद ५ हजार र प्रमाण पत्र प्रदान गरे ।

चन्दले विगत लामो समय देखि सरसफाइ, धूम्रपान, सुर्तिजन्य तथा लागू औषध दुर्व्यसन रोकथामका साथै समाजमा रहेका अनाथ बालबालिका, असहाय वृद्ध वृद्धा, छाडा चौपाया, सड्कमा रहेका कुकुरहरूलाई खानाको साथै औषधी उपचारमा सहयोग गर्दै आएका छन् ।

उनले आफूलाई गरिएको सम्मानले आफूलाई समाज सेवामा लाग्न थप हौसला प्रदान गरेको’ बताए । चन्दले इमान्दारीका साथ गरेको समाजसेवा देखेर ‘विगत तीन वर्षदेखि छाडा चौपाया, सडक कुकुर र असहायहरूको सहयोगार्थ शुभेच्छुकहरूलाई एक कप चिया अभियानका रुपमा (मदन अभियान) लाई समय समयमा सक्दो सहयोग गर्दै आइरहेको चन्दले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>