Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १७ गते सोमबार

शिक्षक कुट्ने दुईजना पक्राउ, विद्यालय क्षेत्र त्रसित, शिक्षककाे उपचार हुँदै

मदन राज जाेशी

शुक्लफाँटाकाे एक विद्यालयका शिक्षक माथी कुटपिट भएकाे छ । नगरपालिका ७ मा रहेकाे धर्मजनता माबिका शिक्षक माथी सांघातीक हमला भएको हाे । आईतबार विद्यालय समयमा बिद्यालय पुगेका शिक्षकले युवाहरुलाई विद्यालय हाता बाहिर जान भने पछि एक्कासी स्थानिय युवाहरुले सांधातीक हमला गरका हुन् । 
 
हमलाबाट शिक्षक गणेश सिंह धामी गम्भीर घाईते भएका छन् । उनको आँखा, पेट र ढाडमा चोट लोको छ । सांघातीक हमला गर्ने माथी आवश्यक कारबाही र शान्तिसुरक्षाको माग गर्दै विद्यालयले प्रहरी कार्यलयमा निवेदन दिएको प्रहरीले बताएको छ । शिक्षक धामीलाई स्थानिय भुवन राज जोशी र अमित चौधरीले कुटपिट गरेका हुन ।
 
कुटपिटबाट माध्यामिक तह अध्यापन गराउँदै आएका शिक्षक धामीको आँखा, ढाड र पेटमा चोटलागेको र घटना पछि विद्यालय क्षेत्र त्रसित बनेको विद्यालयका प्रधानाध्यापक हरिदत्त बागले बताए ।
 सांघातीक हमलाबाट घाईते शिक्षक धामीको उपचार भैरहेको छ । घटनमा संलग्न भुनव जोशीलाई विद्यार्थी सहितले तुरुन्तै  नियन्त्रणमा लिएको थियाे। घटनामा संलग्न अर्का अमित चौधरी भागि गएकामा आईतबार राति नै नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । उनका अनुसार प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको बताउनुभयो । 
विद्यालयले कुटपिटमा संलग्न रहेकाहरु विद्यालय समयमा पटक पटक आउने गरेको र छात्राहरुलाई जिस्काउने गरेकाले आवश्यक कारबाहीको माग गर्दै विद्यालयमा शान्ति सुरक्षाको माग समेत गरेको छ ।  धर्मजनता माध्यमीक विद्यालयका विद्यार्थीहरुले शिक्षक माथी आक्रमण गर्ने युवाहरुलाई कारबाहीको माग गर्दै आईतबार झलारी बजारमा प्रर्दशन समेत गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>