एनसेलको लाइसेन्स नवीकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार नै एनसलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण गरिदिएको हो ।
नवीकरण शुल्क तिर्न एनसेललाई ब्याजसहित किस्ताबन्दी सुविधा सरकारले उपलब्ध गराएको थियो । सोही अनुसार अहिले एनसेलले पहिलो किस्तास्वरूप पाँच अर्ब रुपैयाँ बुझाएपछि लाइसेन्स नवीकरण भएको हो ।
२० अर्ब नवीकरण शुल्कको बाँकी १५ अर्ब रकम अब तीन किस्तामा हरेक वर्ष ५ अर्ब रुपैयाँ गरी एनसेलले १० प्रतिशत ब्याजसहित तिर्नेछ ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलको लाइसेन्स नवीकरण भएको जानकारी दिए ।
एनसेलले चाहेमा बाँकी सबै रकम एकैपटक दिनसक्ने व्यवस्था समेत गरिएको उनले बताए ।
एनसेललाई भदौ १६ गते नै नवीकरणपछि पत्र दिइएको उनले बताए ।
एनसेलको लाइसेन्स नवीकरण अवधि भदौ १५ गते सकिएको थियो । यससँगै एनसेलले थप ५ वर्षका लागि लाइसेन्स पाएको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया