Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १८ गते मङ्गलबार

असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रले मनायो तिज बिशेष कार्यक्रम ।

खडक ब. काेली

असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्र कंचनपुरले सोमबार बिविध कार्यक्रम गरि तिज विशेष कार्यक्रम मनाएको छ । हिन्दु नारिहरुले मनाउने हरितालिका तिज नजिकिदै गर्दा संस्थाले भिमदत्त नगरपालीका लगायतका क्षेत्रका महिलाहरुको सहभागितामा  शुभकामना आदान प्रदान, गाै:रा तथा डेउडामा सहभागी लाई सम्मान, प्रमाण पत्र हस्तान्तरण, दर खुवाउने र सास्कृतिक कार्यक्रम गरेर मनाएको छ ।


संस्थाकि अध्ययक्ष मन्जु गिरिको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मधु भारति प्रमुख अथिति रहेकि थिईन । यस्तै बिशिष्ट अथितिहरुमा भिमदत्त नगरपालीका उप प्रमुख निलम लेखक जोशी, ट्रेड युनियन काग्रेसका बरिष्ट उपाध्यक्ष हरिश भट्ट, मालिकार्जुन गाउपालीका उपाध्यक्ष पुस्पा अवस्थी, शिक्षिका मालती पन्त, हिमालय ऐकेडमीका प्रध्यानाध्यापक तिलक सिह भाट, यस्तै अथितिहरु भिमदत्त ४ वडा सदस्य लक्ष्मी भट्ट पाण्डे, हिरा कुमार सार्कि, गजलकार गंगा बिष्ट, महिला नेत्री, जोसना खड्का बिष्ट, मन्जु केसि, आशा तिरुवा, कल्पना लेखक, डेउडिउा गौरि रोकाया, महेश्वरी गहतराज, रत्ना कठायत, जानकी भाट रहेका थिए ।
प्रमुख अथिति भारतिले पानसमा दियो बालेर कार्यक्रमको शुभारम्भ गरेकि थिईन, कार्यक्रममा बोल्दै  भारतिले संस्थाको तारिफ गर्दै संसथालाई बधाई तथा शुभकामना दिदै बिगत दिनमा नैबटै जिल्लाको संस्कृति झल्कने कार्यक्रम गरेको, डेउडा खेल आयोजना गरेको, देशको राजधानी सम्म गएर सुदुरपश्चिमको संस्कृतिको प्रस्तुति दिएको भन्दै प्रसंसा गर्नुभएको थियो ।
संस्थाकि अध्यक्ष गिरिले संस्था स्थापनाको छोटो समयमा कार्यक्रम सुरु गरेको बताउदै तिज नजिकै गर्दा एकआपसमा मिलेर शुभकामना आदान प्रदान गर्दै, दरका रुपमा भोजन खुवाउन र एक आपसमा मिलेर संस्कृति जगेर्ना गर्दै सास्कृतिक कार्यक्रम राखेको बताएकि छन । 


सयाै महिला कार्यक्रममा सहभागि रहेका थिए दर खादै नाच्दै गनउदै महिलाहरुले खुसि मनाएका थिए । कार्यक्रम संस्थाकि सचिव कमला धामीले चलाएकि थिईन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>