Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २८ गते बुधबार

७० अंक ल्याए पास हुने प्रणालि पहिलाे पटक कंचनपुरमा लागू

सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरमा सवारी चालक अनुमति पत्रको लागि ७० अंक ल्याए पास हुने नियम कार्यान्वयन गरिएको छ । बुधवार भएको सवारी चालकको ट्रायल परिक्षामा महाकाली यातायात कार्यालयले ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो । महाकाली यातायात कार्यालय कञ्चनपुरका प्रमख विनोद कुमार मालीका अनुसार सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक ल्याएपनि ट्रायल पास हुने र अब अंकको आधारमा चालकले अनुमति–पत्र पाउन सक्ने उनले बताए ।

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार ७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमति पाउने ब्यवस्था गरेपछि आफूहरुलाइ अनुमति पत्र पाउन सजिलो भएको उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागू हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ जारी गरेको थियो । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक)मा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>