Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १८ गते मङ्गलबार

ग्रामिण भेगको बिद्यालयको शैक्षिक बिकासमा सघाउदै काठमाण्डौ बिश्वबिद्यालयका ४ छात्रा

ग्रामिण भेगका बिद्यालयको शैक्षिक बिकासमा सघाउन काठमाण्डौं बिश्वबिद्यालयका ४ छात्रा दोधारा चाँदनीमा पुगेका छन् । काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत बिद्यार्थी ईशिका जोशी, टीसा महर्जन, तनुश्री कुँवर क्षेत्री र अमिशा अधिकारी यतिबेला दोधारा चाँदनी नगरपालिका– १ मा रहेको महाकाली आदर्श माध्यमिक बिद्यालयमा बिद्यालयका शैक्षिक बिकासमा सघाउन लागिपरेका छन् । 
‘शिक्षा देखि समृद्धिको बाटो सम्म’ नारा सहित उनिहरुले बिभिन्न दाताबाट संकलन गरेको सहयोगले बिद्यालयमा पुस्तकालयको स्थापना गरेका छन् भने, झण्डै रु. ४ लाख ५० हजार बढीको शैक्षिक सामग्री बिद्यार्थीहरुलाई बितरण गरेका छन् । शैक्षिक सामग्री सहयोग संगै बिद्यार्थीहरुलाई पठन पाठन कार्यमा समेत सघाउदै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिनुभएको छ् ।
 काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत ४ जना छात्राहरुले १ महिना महाकाली आदर्श माध्यमिक  बिद्यालयमा शिक्षाको गुणस्तर बिकासमा निकै सहयोग पुर्‍याउदै आएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् । बिश्वबिद्यालयका छात्राहरुले बिद्यालयमा गरेको कार्यको प्रशंसा गर्दै वडाध्यक्ष चन्दले बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको बतउनुभएको छ् । बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक क्षेत्रमा सघाउ भएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभएको छ् । बिहानै देखि सरसफाई तथा कक्षामा बिद्यार्थीहरुलाई अनुशासित बनाउदै आएका बिश्वबिद्यालयका छात्राहरु संग अभिभावकहरु निकै प्रभावित बनेका छन् । एक महिनाको लागी महाकाली आदर्श माध्यमिक बिद्यालयमा प्रयोगात्मक तथा सहयोग गर्न पुगेका बिश्वबिद्यालय छात्राहरुलाई बिद्यार्थीहरुले उनिहरुको शैक्षिक कृयाकलाप प्रति औधी रुचाएका छन् । काठमाण्डौं बिश्वबिद्यालयमा अध्यनरत छात्रा अमिशा अधिकारीले काठमाण्डौंमा रहेका बिभिन्न दाताहरुबाट सहयोग संकलन गरि महाकाली आदर्श माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना, बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, कक्षा कोठामा बिद्युत बिस्तार तथा बिद्यालयलाई सरसफाईका सामग्री बितरण गरेको बताउनुभएको छ् । आफुहरुको एक महिनाको बसाईमा आफुहरुले सिकेका कुरा बिद्यालय र बिद्यार्थीहरुलाई हस्तान्तरण प्रयास रहने छात्रा अमिशा अधिकारीले बताउनुभएको छ् । काठमाण्डौं बिश्वबिद्यालयका बिबिएमा अध्यनरत छात्रा अमिशा अधिकारीले बिश्वबिद्यालयले आफुह्रुलाई एक महिनाको लागी सामाजिक कार्य गर्न पठाएको बताउनुभएको छ् । बिद्यालयको शैक्षक गुणस्तर सुधार संगै बिद्यार्थीहरुलाई नैतिकवान बनाउन गरिएको काठमाण्डौं बिश्वबिद्यालयका ४ जना छात्राको कार्य प्रति शिक्षक, अभिभावक तथा स्थानियहरु खुशी प्रकट गरेका छन् । 

 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>