Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १९ गते बुधबार

निर्मला प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने लेखक गृहमन्त्री बनेपछि गृहनगरमा अनेमसंघले हत्यारा सार्वजनिक गर्न बुझाए ज्ञापन

नेकपा माओवादी केन्द्र महिला सगठनले ६ बर्ष अघि बलात्कार पछि हत्या गरेर उखुबारीमा फ्याकिए निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको छ । 
माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरले गृहमन्त्री रमेश लेखकलाई निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको हो । लेखक गृहमन्त्री भएपछि ५३ दिनमा पहिलो पटक गृहनगर महेन्द्रनगर पुगेका बेला माओवादी निकट महिला संगठनले निर्मलाका हत्यारा बलात्कारी यथाशिघ्र सार्वजनिक गर्न माग अघि सारेको बताए । 


महिला अधिकारकर्मी समेत रहेकी माओवादी नेतृ माया नेगीले निर्मलाको हत्या भएको ६ बर्ष पुरा भएर ७ बर्ष प्रवेस गरेपनि हालसम्म सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको अवस्थामा यस अघि गृहमन्त्रालय अन्य जिल्लाले पाएको अहिले आफ्नै नगर, जिल्लाले पाएको अवस्थामा अपेक्षा सहित गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताईन । निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएका नेगीले अव निर्मलाको न्यायका लागि गृहमन्त्रीले कुनै कसरबाँकी राख्न नहुने समेत गृहमन्त्री समक्ष आग्रह गरेकी छिन ।  
 अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष शान्ति शाहीले निर्मलाको न्यायका लागि अहिलेका गृहमन्त्री लेखकसंग आश भएको बताईन । ‘अहिले निर्मलाकै गृहनगरले गृहमन्त्री पाएको छ, ‘उनले भनिन, ‘यतिबेलामा पनि निर्मलाले न्याय नपाए कहिले पाउने ?’ शाहीले उतिबेला एमाले–माअ‍ोवादी सरकार हुँदा काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले निर्मलाका हत्यारा खै ? भन्दै सरकार बिरुद्धमा सडक तताउने अहिले काँग्रेसले नै गृृहमन्त्री पाएकाले निर्मलाका हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्न नहुने बताए ।

गृहमन्त्री लेखक निर्मला हत्याकाे प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै अगाडि साेरकाे आन्दालनमा समेत सहभागी थिए ।

 अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको समेत माग अघि सारेका छन । 
सीमाक्षेत्र गड्डाचौकी नाकामा भारतीय र नेपाल पक्षबाट भईरहेको आतङ्क रोक्नुपर्ने, आरक्षपीडितको पुर्नस्थापना, महिलाको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन । माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले आफु निर्मलाको न्यायका लागि गम्भिर भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>