Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ १९ गते बुधबार

अशाेजमा तिङ्कर नाकामा अध्यागमन कार्यालय खाेल्छु: लेखक

गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन् ।  बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन् । 
मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए। ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने, ‘धनगढीदेखि सीधै तिंकरसम्म हेलिकाेप्टर लिफ्ट गराउनुपर्ने हुन्छ ।’  
मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताए । ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ काेरलामा छिट्टै नाका खोल्छौँ ।’
मन्त्री लेखकले एक सय दिनमा गर्ने कामअन्तर्गत आफूले तिंकर नाकासहित तीन स्थानमा अध्यागमन कार्यालय खोलेर पर्यटक भित्र्याउने योजना राखेको बताए। मन्त्री लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाकै रूपमा विकास गर्नका लागि दोधाराचाँदनीमा छिट्टै सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढ्नेसमेत बताए । ‘अब रुख हटाउने काम मात्रै बाँकी छ,’ मन्त्री लेखकले भने, ‘रुख हटाएसँगै काम अघि बढ्छ, तीन भित्रभित्रै सुक्का बन्दरगाह निर्माण गर्न सके देशकै महत्त्वपूर्ण नाकाको रूपमा अघि बढ्छ ।’  
मन्त्री लेखकले आर्थिक वृद्धि विकासका लागि छोटी भन्सार पुनर्स्थापना गरिनेसमेत बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले गृहमन्त्री रमेश लेखक जिल्लावासी भएकाले थुप्रै समस्या मन्त्रीलाई अवगत भएको विषय जानकारी गराउँदै दोधाराचाँदनी सुक्खा बन्दरगाहदेखि महाकाली करिडोर विस्तार, छेला औद्योगिक क्षेत्र सुधारका लागि मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष जोशीले सीमानाका गड्डाचौकी नाकामा चेकजाँचका नाममा सुरक्षाकर्मीले व्यवसायीहरूलाई दुःख दिइरहेको बताए । ब्रह्मदेव नाकालाई धार्मिक नाकाकै रूपमा विकास गरिनुपर्ने, भारतबाट वस्तु आयात गर्दा वार्षिक ५० लाख थ्रेसहोल्ड हटाउनुपर्ने व्यवसायीका माग अघि सारेका छन् ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>