Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १९ गते बुधबार

सुदूरपश्चिमबासीमाथि जथाभावी आरोप लगाउँदै खनिने दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ

अमेरिकामा घटेको ममता काफ्ले प्रकरणको प्रसंगलाई लिएर सुदूरपश्चिमबासीमाथि जथाभावी आरोप लगाउँदै खनिने दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ । गायिका समेत रहेकी उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा अधिवक्ता कृष्णसिंह महराले जाहेरी दर्ता गराएका हुन् ।
सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरु रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेण्ड हुने, कसले बढी रक्सी खाने कम्पिटिशन हुन्छ’ भन्दै टिकटकमा भिडियो पोष्ट गरेकी थिइन् । उनले उक्त भिडियोमा सुदूरपश्चिममा छोरी बिहे गरेर दिनु भनेको नर्कमा पठाउनु सरह हो समेत भनेकी छिन् ।
उनको पोष्टमा विरोध भएपछि उनले सुदूरपश्चिमका युवतीहरु भारतस्थित दिल्लीको जिबी रोडमा भेटिने भन्दै कमेन्ट समेत गरेकी थिइन् । उनको अभिव्यक्तिको चौतर्फी आलोचना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनीमाथि गालीको वर्षा गर्दै आएका छन् ।
यसरी तमाम सुदूरपश्चिमबासी श्रमजीवी युवा र निर्दोष छोरीचेलीहरुमाथि आरोप लगाउने दुर्गा दाहाल साउदविरुद्ध जाहेरी पेस गरेको महराले बताएका छन् । ‘सुदूरपश्चिमका केही कुराहरुमा सुधारको खाँचो हुनसक्ला त्यसको पक्षमा हामी पनि छौं । तर कुनै व्यक्तिमाथि अनुसन्धानमात्रै हुँदै गर्दा सिङ्गो सुदूरपश्चिम, आम सुदूरपश्चिमेली युवा र हाम्रा छोरीचेलीहरुमाथि लगाईएको आरोप किमार्थ स्वीकार्य छैन’ उनले भने ।
विद्युतीय कारोबार ऐन अन्तर्गत अपराध गररेको भन्दै दुर्गालाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा माग गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>