Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ २० गते बिहिबार

किन मनाइन्छ तिज, आज दर खाने दिन

हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ । तीजको दिन भोलि (सोमबार) महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ । आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुलाउने गर्छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ ।
 
दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ । दरमा पौष्टिक तत्व भएका खानेकुरा खाने चलन छ । तर विज्ञले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर दर खान सुझाव दिएका छन् । राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेशको पूरा गरी साँझ सूर्यलाई अर्घ्य दिएरमात्र खाने परम्परा छ । आज दर खाने र भोलि हरितालिका तीज परेकाले माइतीघरमा तीज मनाउन महिलाहरु घरगाउँतिर जाने क्रम पनि बढेको छ ।
 
पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःख-सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ।
 
नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भएपनि सहर बजारमा भने केही दिनअघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन् ।
 
हिमालयपुत्री पार्वतीले व्रत बसेर महादेव पति पाएको धार्मिक मान्यतासँगै तीज मनाउने गरिएको हो । तीजका दिन महिलाहरु निर्जल, निराहार उपवास बस्नुपर्ने मान्यता छ । तीज नेपालका साथै भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, राजस्थान र मध्यप्रदेशमा पनि मनाउने गरिन्छ । हिन्दु समुदायले मनाउने यो पर्वमा अहिले अन्य समुदायका महिला पनि रमाइलो मानेर सहभागी हुन थालेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>