Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ २१ गते शुक्रबार

महाकाली सिचाइ प्रणाली बाढिले बगाउदा निर्माण लागत भन्दा कृषि उत्पादनमा दाेब्बर रकमले ह्रास आउने ।

अषाढकाे २३ र २४ गते कंचनपुरमा रेकर्ड ब्रेक वर्षा भयाे । याे बर्षाले क्षति गरेकामा कृर्षि क्षेत्रमा ठुलाे क्षति भएकाे छ । कंचनपुरकाे कृर्षिमा महत्त्वपूर्ण याेगदान बाेकेकाे महाकाली सिचाईकाे मुल नहर ५० मिटर चाैधर नदिले बगाएको छ । याे बग्नु बाहेक विभिन्न स्थानमा पनि क्षति भएकाे छ । करिव ५ हजार हेक्टर जमिनमा हुने सिचाई प्रणाली क्षतिग्रस्त हुदा धान खेतिमै करिव ३४ कराेडकाे उत्पादनमा ह्रास आउने महाकाली सिचाइ ब्यावस्थापन कार्यालयले बताएको छ । 
अब आउने गहु लगायतका खेतिमा पनि यस्तै क्षति नहाेस भनेर सम्बन्धित सबै निकायकाे अनुगमन पछि सिचाइ प्रणाली मर्मत सम्भार गर्न २९ कराेड लागत लाग्ने बिवरण सहितकाे जानकारी स्टिमेट सम्बन्धित विभाग र मन्त्रालयहरुलाई बुझाएकाे सिचाइ ब्यावस्थापन कार्यालयले बताएको छ । बजेट सुनिश्चिता सहित काम गर्न निर्देशन नहुदा कार्यालयले काम गर्न सकेकाे छैन । यदि अवका केही दिनमा बजेट सुनिश्चितता नभए ठेक्का लगायतका प्रकृया आदिमा लाग्ने समयका कारण गहुँ खेतिमा समेत उत्पादन घट्ने निश्चित छ । यस्ताे अवस्थामा करिव ७० कराेड बराबरकाे उत्पादन घट्न सक्ने अनुमान कार्यालयले गरेकाे छ । यानिकि मर्मत गर्न लाग्ने लागत भन्दा बर्षदिनमै दाेब्बर बढिले उत्पादनमा ह्रास आउने देखिन्छ । यस्ताे अवस्थामा समेत सरकारले बजेट दिएकाे अवस्था छैन ।

२०५० सालमा निर्माण गरेको मूल नहर मर्मतसम्भार नहुँदा अन्य भागमा समेत क्षति भई मर्मत गर्नुपर्ने अवस्था  छ । कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले बजेट अभावका कारण क्षति भएको नहर मर्मत गर्न नसकिएको  बताए ।
मंगलबार गृहजिल्ला आएका गृहमन्त्री रमेश लेखकलाई समेत नेकपा एमाले बेलडाँडी गाउँ कमिटिले समेत नहर मर्मतकाे बारे ज्ञापन पत्र दिएका छन ।
कार्यालयका सुचना अधिकारी ईन्जिनियर सालिक भुसाल संग गरिएकाे सम्वाद 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>