Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ २२ गते शनिबार

टिकापुर अस्पतालमा बिरामिलाई शैय्या अभाव
साङ्केतिक फाेटाे

टीकापुर अस्पतालको आकस्मिक कक्षमा बिरामीका लागि शय्याको अभाव हुँदा बिहिवार उपचारका लागि आएका बिरामीको कुर्सीमा राखेर उपचार गर्नुपर्यो ।
अस्पतालको आकस्मिक कक्षमा क्षमता भन्दा बढी बिरामीहरु उपचारका लागि आउँदा शय्या अभावमा कुर्सीमा राखेर बिरामीको उपचार गर्नुपर्ने स्थिति देखिएको हो । आकस्मिक कक्षमा १५ शय्या व्यवस्थापन गरिएका छन् । पहिले त झन १२ शय्या मात्रै व्यवस्थापन गरिएको थियो । केही दिनअगाडि मात्रै तीन शय्या थप गरेर १५ पुर्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले बताएका छन् ।
५१ शय्याको अधिकार पाएको अस्पतालमा हाल करिब ७८शय्या छन् । त्यतिले अस्पतालमा आउने बिरामीका लागि कम हुन्छ । “आज बिरामीले अस्पतालमा बेडको लागि पालो कुर्नुपरेको छ । कतिपय बिरामीहरुको बेडको अभावमा सल्यक्रियाको समय नै सार्नुपर्ने स्थिति छ ।” डा. राई भन्छन्, “हाम्रो स्रोतले भ्याएसम्म हामीले प्रयास गरेकै छौँ । बेडको अभावमा बिरामीलाई कुर्नुपर्ने अवस्थाले हामीलाई पनि दु:ख हुन्छ ।” बिरामीहरुको चापलाई हेर्दा अस्पतालमा दुई सयसम्म शय्या आवश्यक पर्ने अस्पताल प्रशासन बताउँछ ।
पछिल्लो समय विशेषज्ञ सेवा थप भएपछि अस्पतालमा बिरामीको चाप निकै बढेको छ । सेवा विस्तार हुँदा अन्य जनशक्ति र संरचनागत रुपमा अस्पताल सबल अझै बन्न सकेको छैन । ओपिडी सेवाका लागि पनि अस्पताललाई समस्या भैरहेको छ । सिमित क्षेत्रमा खुम्चिएर सेवा दिनुपरेको गुनासो चिकित्सकहरुको छ । “हामीसँग ठाउँको निकै अभाव छ । भएको ठाउँ पनि एकनासको छैन । त्यसो हुँदा पनि सेवा प्रवाहमा समस्या छ ।” डा. राईले भने, “फेरि शय्या थपेर मात्रै भएन त्यसका लागि जनशक्ति चाहियो । त्यो जनशक्ति राख्नलाई स्रोत चाहियो ।”
उसो त अस्पतालमा कोरोना संक्रमणको समयमा निर्माण भएको भवन खाली छ । त्यहाँ केही शय्या विस्तार गरेर बिरामीलाई सेवा प्रवाह गर्न सकिने अवस्था छ । त्यसका लागि अस्पतालसँग जनशक्ति छैन । जनशक्ति व्यवस्थापन नहुँदा खाली भवन प्रयोगमा ल्याउन नसकिएको राईको भनाइ छ । “खाली रहेको भवनमा शय्या विस्तार गरेर सञ्चालनमा ल्याउने कि भन्ने सोच बनाएका छौँ । तर जनशक्तिको समस्या पर्ने देखिएको छ ।” उनले भने, “जनशक्ति व्यवस्थापन भएको भए केही शय्या थप गर्न सकिने स्थिति रहन्थ्यो ।”
फेरि यो सिजनमा विभिन्न खालका संक्रामक रोगको प्रकोप बढी हुने हुँदा बिरामीको संख्या अस्वभाविक रुपमा वृद्धि हुने गरेको छ । यतिबेला सरकारी तथा निजि स्वास्थ्य क्लिनिकहरुमा बिरामीहरुको भिड छ । टीकापुर अस्पतालमा मात्रै दैनिकी चार सयदेखि ६ सयसम्म बिरामी उपचारका लागि पुग्ने पुग्ने गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>