Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २४ गते सोमबार

डडेलधुरामा धेरै बिकास भएकाे छ : महत

पुर्व अर्थमन्त्री एवं कांग्रेस प्रबक्ता प्रकाश शरण महतले डडेल्धुरामा अरु जिल्लाको भन्दा धेरै विकास भएको दावी गरेका छन ।सोमबार जिल्ला सदरमुकाम डडेल्धुरामा नेपाल प्रेस यूनियन जिल्ला शाखा डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले डडेल्धुरामा हरेक क्षेत्रको बिकास भएको बताएका हुन।डडेल्धुराका हरेक पालिकासम्म सडक सञ्जाल पुगेको,ग्रामीण सडकहरू कालोपत्रे भएको,खानेपानी,शिक्षा,स्वास्थ्य लगायत अन्य पुर्वाधारको पहुँच पुगेको र यो विकास हुनुमा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको योगदान रहेको बताए।खानेपानी,मेडिकल कलेज,दैजी जोगबुढा सडक,एयपोर्टको सम्भाब्यता अध्ययन,बागबजार-कृतिपुर सडक बिस्तार पश्चिम सेती आयोजना,पञ्चेश्वर आयोजना लगायतका आयोजना अगाडी बढाइएको जिकिर गरे।उनले थोरै समयमा सरकार परिवर्तन भइरहने अवस्था बाट मुलुकलाई स्थिरता कायन गर्न, देशमा अन्योलको परिवेशलाई चिर्न आर्थिक अवस्थालाई सकारात्मक लाइनमा ल्याउन, काँग्रेस एमाले गठबन्धन बनेको दाबी गरे।महतले जनतालाइ अफ्ट्यारोमा नपार्ने, देश र जनतालाइ केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रतिबद्ध सहित बर्तमान गठबन्धनले सातबुँदे सहमति गर्दै आगामी निर्वाचनसम्म सँगै अगाडी बढने बताए।
देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण र भ्रस्टाचारीलाइ जेल हाल्ने सवालमा भुटानी शरणार्थी काण्ड,गिरिबन्धु टि स्टेट,बाँसबारी जग्गा ब्यक्तिको नाममा राख्ने लगायतका अनियमितता गर्ने माथी कारबाही हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा सञ्चारकर्मीको प्रश्नमा कानुनमा जे छ तेइ हुने उनले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>