Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २४ गते सोमबार

बृक्षरोपण गरि मनाईयो दोधारा चाँदनीमा विपी जन्म जयन्ती

नेपाली कांग्रेस दोधारा चाँदनीले विपी कोइरालाको १११ औं जन्मजयन्ती मनाएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिको आयोजनामा बृक्षरोपण गरि नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विशेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको छ् । नेपाली कांग्रेसको विपी स्मृती भवन दोधारा चाँदनीमा एक कार्यक्रमको बिच बृक्षरोपण गरि विपी कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । औपचारिक कार्यक्रममा विपीको सम्झना र विपी वादको बारेमा छलफल गरिएको छ् । जननायक विपी कोइरालाको तस्बिरमा अविर माला गरी संगै श्रद्धासुमन व्यक्त गरिएको छ् । विपीको विचारबाट प्रेरित कांग्रेसहरुले बिचारलाई आत्मसात गरेर निस्वार्थ ढङ्गले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । विपीको बिचार र नेपाली राजनीतिमा पुर्‍याएको अतुलनीय योगदान वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । प्रजातन्त्रको स्थापना, राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापना नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै लोकतन्त्र/गणतन्त्रको रक्षाका लागि कटिबद्ध भएर लाग्नुपर्नेमा नगर सभापती राजेन्द्र मल्लले जोड दिएका छन् । नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले बिपीले दिएको बिचार र सिद्धान्त नेपाली कांग्रेसको मार्गदर्शन भएको बताउनुभयो । नेपालमा प्रजातन्त्रको स्थापना, जहानियाँ राणा शासनको अन्त्यका लागि बिपीको योगदान महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । लोकतन्त्र, समाजवाद र प्रजातन्त्रको स्थापनाका लागि बिपि कोईरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले उच्च सम्मान व्यक्त गर्नुभएको छ् । कार्यक्रममा विपी स्मृती भवन हातामा बिभिन्न जातका बिरुवा रोपिएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>