राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने धनगढी आएका छन् । सोमबार धनगढी पुगेर लामिछानेले पत्रकारहरूसँग सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताए ।
लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो,’ उनले भने, ‘त्यो स्थापित भइसकेको कुरा हो ।
अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले गर्यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ । क–कसले बदमासी गर्यो भन्ने पनि स्पष्ट भइसकेको छ।’ गलत ढंगले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न नभएको उनको दाबी छ ।
‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नु पर्छ,’ उनले भने, ‘मैले कहाँ तिर्न जाने भन्नुपर्यो । म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला । तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन । त्यो म भएकै बेलामा बदमासी भए पनि त्यो बदमासी कसले र कसरी गर्यो भन्ने कुरा स्पष्ट छ ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया