Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

मेचि बहुमुखि क्याम्पसका विद्यार्थीले बनाएकाे एप इजरायली कम्पनीले खरिद गरेकाे छ ।

झापाका तीन जना विद्यार्थीहरूले बनाएको एन्ड्रोइड एप  वाई-फाई थिफ डिटेक्टर (WiFi Thief Detector) १३ लाख रुपैयाँमा बिक्री भएको छ । झापामा अवस्थित मेची बहुमुखी क्याम्पसमा ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) अध्ययनरत विद्यार्थीहरूले हालै इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई आफ्नो एप बिक्री गरेका हुन् ।
एप बनाउने तीन जना विद्यार्थी तेज मगर (२२), उत्सव दाहाल (२२) र राहुल विष्ट (२१) हुन् । तीनै जना झापाकै स्थानीय हुन् । उनीहरूमध्ये समूहमा तेज नेतृत्वदायी भूमिकामा छन् । एप बनाउन पनि सुरुमा तेजले नै अग्रसरता देखाएका थिए ।
उनले ११ कक्षा पढ्दै गर्दा एप तथा वेबसाइट डेभलप गर्न लागिपरेका थिए । त्यसयता उनी एक्लैले केही अन्य एप पनि बनाए । जो अहिले नचल्ने अवस्था पुगिसकेका छन् ।  
यो एप बनाउन भने उनले तीन वर्ष अघि काम थालेका थिए । नेटवर्क सम्बन्धी रुचि भएकाले वाई-फाई थिफ डिटेक्टर एप बनाउन सुरु गरेको उनी बताउँछन् ।
“एप बनाउन सिक्दै गर्दा नेटवर्कले कसरी काम गर्छ, एउटा डिभाइसमा कनेक्ट भएपछि आईपी एड्रेस जस्ता विवरण कसरी निकाल्न सकिन्छ भनेर खोज्दै जाँदा एप बनाउन मन लाग्यो, त्यसपछि एप बनाएँ,” उनी सुनाउँछन् । 
अहिले उनीहरूले यो एप बनाएको साढे दुई वर्षजति भइसकेको छ । कलेज भर्ना पछि लगत्तै एप विकासको काम थालेका उनीहरू अहिले पाचौँ सेमेस्टरमा अध्ययनरत छन् । 
उनीहरूको चिनजान पनि त्यही कलेजमै भएको हो, २०७८ साल तिर भर्ना भएपछि मात्रै । उनीहरूले फ्रिल्यान्सिङ तरिकाले एप बनाउने गरेका छन् । उनीहरू आफूलाई इन्डी डेभलपर भनेर चिनाउन रुचाउँछन् । यो भनेको कतैबाट पैसा नलिई स्वस्फूर्त रूपमा एप डेभलप गर्नु हो । 
यो एप विकासपछि मात्र जोडिएका उत्सव र राहुलको भूमिका पनि उल्लेखनीय छ । उनीहरूले एपको अपडेटपछि काम थालेका थिए । एपमा यूआई तथा यूएक्स, एड म्यानेजर आदिमा उनीहरूको योगदान रहेको छ ।
राउन्ड्स एआई लिमिटेडलाई एप बिक्री गर्नुअघि पनि उनीहरूले सो एपबाट कमाई भने गरिरहेकै थिए । तेजका अनुसार विगत दुई वर्षदेखि नै मासिक ३०० डलरसम्म कमाई भइरहेको थियो । 
एप बिक्री गर्दा चार लाख ३० हजार बढी डाउनलोड भइसकेको थियो भने फिलिपिन्स, इन्डोनेसिया, इजिप्टका प्रयोगकर्ता बढी थिए । यस एप उनीहरूले एन्ड्रोइड स्टुडिओमा जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर बनाएका थिए ।
यसअघि उक्त इजरायली कम्पनी बाहेक अन्यले पनि उनीहरूलाई एप खरिद गर्ने प्रस्ताव नपठाएका होइनन् । त्यस मध्ये राउन्ड्स एआई लिमिटेडले उनीहरूलाई राम्रै मूल्यमा प्रस्ताव पठायो ।
सो कम्पनीले केही समयअघि बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स - फ्लट मेसेजेज् (Pickup Lines- Flirt Messages) पनि करिब ७० लाख रुपैयाँमा खरिद गरेको थियो ।
कर्ण र उनीहरूबिच पहिल्यैदेखि चिनजान पनि थियो । यसले गर्दा उक्त कम्पनीप्रति विश्वास भएको र एप बिक्री गर्न राजी भएको तेज सुनाउँछन् । 
एपबाट कमाइ भइरहेको भए पनि बेचेर आएको पैसाले फेरि अरू एप बनाउन लागौँ भनेर त्यस्तो निर्णय लिइएको उनको भनाई छ । उनीहरूले करिब एक महिनाको छलफलपछि एप बिक्री गरेका हुन् । 
डाउनलोड धेरै भएको र एपको फिचर उपयोगी समेत रहेकाले उक्त कम्पनीले एप खरिद गरेको उनीहरू सुनाउँछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>