Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

नेपाली सेनाकाे प्रमुखमा सिग्देल नियुक्त
नेपाली सेनाकाे साईटबाट

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा  नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्। उनले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पहिलो ‘ब्रिफिङ’समेत गरेका छन्।
प्रधानसेनापति सिग्देलेले मंगलबार बिहान १० बजे रक्षामन्त्री मानवीर राईसँग दोस्रो औपचारिक भेट तथा अनौपचारिक बिफ्रिङ गर्ने कार्यक्रम छ। त्यसपछि मात्रै उनले प्रधानमन्त्री ओली र रक्षामन्त्री राईलाई निमन्त्रणा गरेर मुख्यालयमा स्वागतसँगै औपचारिक ब्रिफिङ गर्नेछन्।
नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। यसका अतिरिक्त विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवद्र्धन र आपत्कालीन खोज तथा उद्धार कार्य पनि सेनाकै जिम्मेवारी क्षेत्रमा छन्।
यति गहन जिम्मेवारी रहेको करिब ९५ हजार सेनाको वरिष्ठतम रथीका हैसियतले बलाधिकृत रथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेको थियो। गत साउन २५ देखि सो जिम्मेवारी सम्हाल्दै आएका सिग्देलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट दज्र्यानी चिह्न लगाएलगत्तै औपचारिक रूपमा प्रधानसेनापतिको पदभार ग्रहण गरेका हुन्।
प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने नेपाली सेनाको प्रावधानअनुसार वरिष्ठतम रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>