Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २७ गते बिहिबार

शिवशिखर सहकारिमा सामान बाड्न खाेज्दा बिवाद ।

कञ्चनपुरमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीमा विवाद भएको छ । विहिवार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी र बचतकर्ता विच विवाद भएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी कञ्चनपुर आएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गत पौषमा रकम बराबरको सामग्री लैजनाको लागी एक सुचना निकालेको थियो, जस्मा ईच्छुक बचतकर्ताले आफनो सप्रमाण दावी पेश गर्न भनिएको थियो । त्यही अनुरुप आफनो रकम बराबरको सामग्री पाँउ भनेर निवेदन दिएका बचतकर्ताहरु महेन्द्रनगर बसपार्क नजिक रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीको मार्टमा पुगेका थिए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरुले ईच्छुक बचततकर्तालाई रकमको सामग्री वितरण गरिरहेको बेलामा सामग्री नलैजाने र सुचना थाहा नभएका अन्य बचतकर्ताहरुले उक्त कार्यलाई रोकेका थिए । उनिहरुले समान लैजान चाहने बचतकर्ताहरुको नाम उल्लेख गरिएको सुचना पनि च्यातेर फालिदिएका थिए । उक्त शिवशिखरको मार्ट रहेको क्षेत्रमा सुरक्षाकर्मीहरु शसस्त्रको टोली पनि परिचालन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले शिव शिखर बहुउद्देश्यीय सहकारीका केही बचतकर्ताहरुले आफनो रकम बराबरको सामग्रीहरु लैजान पाँउ भनी दिएको निवेदन अनुसार सामग्रीहरु वितरण भईरहेको बताउनु भयो ।
उहाँले सबै भन्दा कम रकम भएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर सामग्री वितरण गरिने भएपनि कञ्चनपुरमा अन्य बचतकर्ताहरुले उक्त कार्यलाई अहिले रोकिदिएको बताउनु भयो । उहाँले सरोकारवाल निकायहरु संग वैठक वसी उक्त सहकारीमा रहेका सबै सामग्रीहरुको अवस्था हेरेर म्याद नाघेका लाई नष्ट गर्ने दिन मिल्ने प्रयोग गर्न मिल्नेलाई बचतकर्तालाई दिने भन्ने निर्णय अनुसार काम भईरहेको उहाँले बताउनु भयो ।
भिमदत्त नगथरपालिका १३ पिपरैया की बचतकर्ता शान्ती पन्तले सामान भन्दा पनि नगद पैसा नै सरकारले दिने व्यवस्था हुनु पर्ने बताउनु भयो । आफुले खुन पसिना एक गरेर कमाएको रकमको सामान भन्दा पनि रकम नै फिर्ता हुनुपर्ने बताउनु भयो । सहकारीले महेन्द्रनगरमा मार्टसमेत सञ्चालनमा ल्याएको थियो ।
दुई वर्षदेखि सहकारी ठप्पसँगै मार्ट पनि बन्द रहेको छ । शिव शिखर बहुउद्देशीय सहकारी संस्थाका बचतकर्ताको संघर्ष समितिका अध्यक्ष लोकेन्द्र लम्सालले सहकारीको मौजुदा सामान जफत गर्दै लिलाम वा बिक्री गरेर साना बचतकर्तालाई प्राथमिकतामा राखेर बचत फिर्ता गर्नुपर्ने बताए ।
शिव शिखर बहुउद्देश्यीय सहकारीले कञ्चनपुरको महेन्द्रनगर, बेलौरी र पुनर्वासमा ३ हजार ६ सय ७१ बचतकर्ताको करिब ३१ करोड ९७ लाख रुपैयाँ बचत अपचलन गरेको पाईएको छ । गत मंसिरमा सहकारीका मालिक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
बचत फिर्ता दिन नसकेपछि सहकारी बन्द भएको थियो । पछि सरकारले नै शिव शिखर बहुउद्देश्यीय सहकारीसहित २२ सहकारी संस्थालाई समस्याग्रस्तमा राखेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>