Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २७ गते बिहिबार

दोधारा चाँदनी– ४ को वडा कार्यालय भवन निर्माण कार्य एक सातामा सकिदै

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको झण्डै रु. ४५ लाख लागतमा निर्माण हुदै गरेको भवनको निमार्ण कार्य एक साता भित्र निमार्ण कार्य सकिने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । वडाध्यक्ष भक्त बहादुर सुनारका अनुसार ४ कोठाको पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । भवनको भित्री भागमा रङ्गरोगन र मार्वल, टायल लगाउने काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । आफु निर्वाचित भएर आएपछि वडा कार्यालयको आफ्नै भवन नभएको र नगरपालिकाको स्वामित्तोमा रहेको एक जिर्ण भवनमा वडा कार्यालय संचालन हुदै आएको वडाध्यक्ष सुनारले बताउनुभयो । वडा कार्यालय सानो र सेवाग्राहीलाई सेवा दिदा समेत निकै समस्या हुदै आएको हुदा जनताको सेवा सुबिद्याको सहजताको लागी नगरपालिका कार्याललाई आग्रह गरेर निमार्ण कार्य सुरु गरिएको उहाँले बताउनुभएको छ् । उक्त निमार्ण कार्यको जिम्मा सुमन कन्ट्रक्सन कम्पनीले लिएका हो । एक सातामै वडाले आफ्नै भवनबाट सेवा दिने गरी निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् । निमार्ण कार्य सकिए लगत्तै सम्भवत : दशै ताका आफनै भवनबाट वडाबासीलाई सेवा प्रवाह गर्ने तयारी रहेको वडा सदस्य भट्टले बताउनुभयो । वडाका जनप्रतिनिधीको अथक प्रयासले वडा कार्यालय निमार्ण कार्य अघि बढेको स्थानियबासीहरुले बताएका छन् । नयाँ वडा कार्यालय भवनबाट सेवा पाउने भएपछि वडाबासीहरुले खुशी प्रकट गरेका छन् । सानो कोठामा वडा कार्यालय संचालन हुदै आउदा सेवा प्रवाहमा निकै समस्या पर्दै आएको वडाका जनप्रतिनिधीहरुले बताएका छन् । निमार्ण क्रममा रहेको वडा कार्यालयको भवनमा सभा कक्ष, कार्यालय प्रयोजनका कक्ष, जनप्रतिनिधीका लागि अलग्गै कक्ष, सुविधा सम्पन्न शौचालय रहेको छ् । आगामी दिनहरुमा भवन नजिक सवारी साधन पार्किङस्थल समेत निर्माण गरिने योजना रहेको बताईएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>