Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २९ गते शनिबार

दाउरा निकाल्न महाकाली पुगेका दाजुभाई बगे, एक बेपत्ता एककाे शव प्राप्त

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीका १८ बर्षिया सौरभ नेपाली र ऐरीकै १६ बर्षिया अभि नेपाली विद्यार्थी हुन । सौरभ र अभि दुवैका बाबुदाजुभाईका छोराहरु हुन । सौरभ न्यू सरस्वती विद्या मन्दिर कक्षा १२ र अभि पुर्णा माविमा अध्ययनरत थिए । शनिबार विद्यालय विदाका दिन अरु गाँउले जस्तै उनीहरु पनि घरमा खाना पकाउनका लागि महाकालीमा दायरा ल्याउन महाकाली गए ।
 विगतका दिनहरुमा महाकालीबाट उनीहरु सहित गाँउलेहरुले दाउरा निकाल्ने गरेका थिए । सुदूरपश्चिममा दुई दिन लगातार भारी बर्षा भएपछि महाकालीमा झण्डै साढे चारलाख भन्दा बढी क्यूसेक पानी बगेको थियो । त्यही उर्लिदो महाकाली नदीमा दाउरा निकाल्ने क्रममा अभि र सौरब वेपत्ता भएका छन । शनिबार दाउरा महाकालीमा दाउरा निकाल्ने क्रममा वेपत्ता भएका दुई मध्ये एक युवक फेला परेको छ । भने, अर्का किशोर अझै वेपत्ता भएका छन ।१८ बर्षिया सौरभ नेपालीको शव केही पर दक्षिण झोलुङ्गेपुल क्षेत्रमा फेला परेको छ ।
भने अर्का किशोर १६ बर्षिया अभि नेपालीको शव अझै फेला परेको छैन । स्थानीय अगुवा अमिर तिरुवाले महाकाली नदीमा स्थानीयहरुले दाउरा निकाल्ने गरेको र वाढीले नदीमा आएको दाउरा निकाल्न जाने क्रममा बाबु दाजुभाईका छोराहरु अभि र सौरब पनि महाकाली नदीमा डुवेर वेपत्ता भएको बताए । न्यू सरस्वती विद्या मन्दिर प्रिन्सिपल अम्मराज भट्टले निकै मेहनती विद्यार्थी गुमाउनु परेको बताए ।
 ‘सौरब शिशु कक्षादेखि हाल १२ सम्मै न्यू सरस्वती विद्या मन्दिरमै अध्ययन गर्दै आएका थिए, निकै मेहनत थिए, तर दाउरा निकाल्ने क्रममा उनको ज्यान गएको घटनाले हामी स्तब्ध भएका छौँ, ‘प्रिन्सिपल भट्टले भने, ‘दाउरा निकाल्ने काज मात्रै नभई विगतदेखि नै गर्दै आएका हुन, एक्कासी यो बज्रपात भयो ।
भीमदत्त नगरपालिका १२का वडाध्यक्ष भुपेन्द्र सिह रावलले वाढी आएका बेला जोखिम मोलेर दाउरा निकाल्न नहुने बताए । वडाध्यक्ष रावलले विगतमा पनि दाउरा निकाल्ने, माछा मार्ने क्रममा मानिस महाकालीमा डुबेर मृत्यु हुने भएकाले प्राकृतिक विपतीबाट जोगिनुपर्नेमा जोडदिएका छन । 
महाकाली नदीमा वाढी आएसंगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटिय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वेपत्ता अर्का किशोरको खोजी कार्य भईरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी अहिले खटिएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>