Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २९ गते शनिबार

अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा

लगातारको वर्षा संगै जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार  नम्वर पिल्लर बस्ती नजिक जग्गा कटानी गरेको छ् । जगबुडा नदीमा आएको बाढीले हालै निमार्ण गरिएको अस्थायी तटबन्ध भत्काईदिएको छ भने, धान, मकै र उखुवारीमा ब्यापक क्षती बनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिने नेपाल–भारत संग जोडिएको सिमा बस्ती बिस्तापितको संघारमा रहेको स्थानियबासी दिल बहादुर रानाले जानकारी दिनुभएको छ् । जगबुडा नदीले बस्तीनै बिस्तापित हुने अवस्थामा रहेको स्थानियबासी दिल बहादुर रानाले बताउनुभयो ।

कतिबेला जगबुडा नदीले बस्तीलाई बगाईदिने हो, भन्ने त्रासले रातभरी जाग्रम बस्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरी बसोबास गर्दै आएको स्थानियबासी दिल बहादुर रानाले बताउनुभएको छ् । बाढीले अठार नम्वर पिल्लर बस्तीको बेहाल छ् ।

बाढीले जगबुडा नदी किनारका अन्न उब्जाएर खाने खेत वर्षै पिच्छे कटान गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुलाई छाक टार्न सकस भएको बस्तीका अर्का स्थानियबासी डम्मरी देवी ओलीले बताउनुभयो । असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको बाढीले बस्ती बिस्तापित हुने गरि घर आँगन नजिक जगबुडा नदी पुगेको डम्मरी ओलीले बताउनुभएको छ् । नदीले जग्गा कटानी गरेर सुकुम्वासी बनाएको अवस्थामा वर्षौ देखि बस्दै आएको बस्तीनै नदीले बगाईदिने चिन्ताले पिरोली रहेको डम्मरी देबी ओलीले बताउनुभयो । भारतको नाङ्ला स्केपबाट आएको जगबुडा नदीले अठार नम्वर पिल्लर बस्ती क्षेत्रमा बिगतका दिनहरु देखि जग्गा कटानी गर्दै आएको छ् ।

घर आँगन नजिक जगबुडा नदी आएको अवस्थामा थप जग्गा कटानी भएपछि अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा पुगेको छ भने, अर्कोतिर बाढीले खेतनै बगाएर खाद्यान्नको चरम अभाव भोग्नु पर्ने अवस्था रहेका उनिहरु बताउछन् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले अठार नम्वर पिल्लर बस्तीको अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभएको छ् । बाढीले बस्तीनै बिस्तापित हुने अवस्थालाई मध्यनजर राख्दै आफुले प्रदेश सभाको बैठकमा समेत यसबारे माँग राखेको बताउनुभएको छ् । सिमाको सुरक्षा गर्दै आएका अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन जरुरी रहेको शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । नाजुक अवस्थामा रहेको उक्त बस्तीलाई प्रदेश सरकारबाट नदी नियन्त्रण संग बस्तीलाई सुरक्षित राख्ने काम गरिने शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी घर आँगन नजिक पुग्दा बस्तीनै उच्च जोखिममा परेको स्थानीयहरु बताउछन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>