Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ३० गते आइतबार

महाकाली चारलेन पुलकाे तटबन्ध भत्कियाे हरिहर घाट पस्याे महाकाली

कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधिन चार लेन पुल पोखरीको तटबन्ध भत्किएको छ । महाकाली नदीले चार लेनको पुल पोखरीको तटबन्ध भत्काएको हो । शनिबारदेखि पोखरीको तटबन्ध कटानी भएको थियो । आइतबार बिहान पोखरीको तटबन्ध भत्काएर हरिहर घाटदेखि पहुँचमार्गसम्मै महाकाली पुगेको छ । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले हिजो साँझ ५ बजेदेखि तटबन्ध कटानी शुरु गरिएको अहिले उक्त तटबन्ध भत्काएर हरिहर घाट भरिभराउन भएको बताए । ‘ठुलो महाकालीमा त्यत्रो पानी आउँदा केही भएन, आज घटिरहेको अवस्थामा काटिरहेको छ, ‘उनले भने, ‘यो काट्नेक्रम जारी रहे कटानी गरेर पहुँचमार्गसम्मै आएर बस्तीतिर जाने खतरा छ ।’ बिहीबारदेखि अबिरल रुपमा परिहेको बर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध) कटानी गरिरहेको छ । महाकाली नदीमा शुक्रबार ४ लाख ६१ हजार क्युसेक पानी बगेको थियो, उतिबेला सानदारसंग बगेको काली शनिबार घटेर १लाख ६० हजार क्युसेक भएको अवस्थामा चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध) कटानी गरिरहेको हो । महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले नदीमा पानीको सतह घटिरहेका बेला सिङ्गै महाकाली एकै स्थानबाट बग्दा तटबन्ध कटानी गरिरहेको छ । उनका अनुसार शनिबार साँझ ७ बजेसम्ममा झण्डै २सय मिटर तटबन्ध कटानी भएको छ । ‘पोखरीको गाईडबण्ड पुरै भत्किएको छैन, एकतर्फीतर्फ कटानी गरिहेको छ, ‘उनले भने, ‘हाकिम सापले सिधै निर्माण कम्पनीलाई फोन गरेर यथाशिघ्र रोकथामका लागि निर्देशन दिनुभएको छ, निर्माण कम्पनीले अहिले रोकथाम गरिरहेको छ ।’ ०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माण गरिरहेको छ । तर, स्थानीयहरुले कमसल खालको तटबन्ध निर्माण हुँदा नदीको सतह घट्दा पनि तटबन्ध कटानी भईरहेको टिकाटिप्पणी गरिरहेका छन । विगतमा पनि तटबन्ध भत्किएको भन्दै स्थानीयले अहिले पनि भत्किएको भन्दै आक्र्रोस व्यक्त गरिरहेका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>