Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ३० गते आइतबार

पटरा खल्लाका २७ घरपरिवार बिद्यालयमा बास

लगातारको वर्षा संग जगबुडा नदीमा आएको बाढीको कारण कञ्चनपुरको दोधारा चाँदनीको पटरा खल्लाका २७ घरपरिवार बिस्तापित भएका छन् । लगातारको वर्षा संग जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २७ परिवार नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा बस्दै आएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जानकारी दिनुभएको छ् । यस अघि असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको बाढीले बिस्तापित भएका पटरा खल्लाका बाढीपिडितहरु बिस्तापित भई बिद्यालयमा आश्रय लिएका थिए । दुई दिन सम्म आउको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा बितण्डा मच्चाएपछि उनिहरु फेरि बिद्यालयमा आश्रय लिएर बसेका छन् । महाकाली नदी र जगबुडा नदीमा पानीको बहाव थोरै बढी भएपनि बस्ती डुवानमा पर्ने अवस्था रहेको हुदा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाका बाढी ग्रस्त बस्तीका स्थानियहरु बिस्तापित भई नजिकै रहेको अम्बिका माध्यमिक बिद्यालय, जनज्योती माध्यमिक बिद्यालय र जमुना आधारभुत बिद्यालयमा आश्रय लिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । बस्तीमा पानी सुक्न थाले संगै बाढीपिडितहरु घर फर्केन थालेको उहाँले बताउनुभएको छ् । बिस्तापित भएकाहरुलाई खाना र बस्नको व्यवस्था दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुले गर्दै आएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । अविरल वर्षा संग महाकाली नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा नदीले डुवान र कटानी गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । पटरा खल्लाका २७ घरपरिवार अभै पनि जमुना आधारभुत बिद्यालयमा बस्दै आएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीले सबै भन्दा बढी पिडा दिने बस्ती पटरा खल्ला भएको र यसको दिर्घकालिन समस्या हल गर्नका लागी नेपाल सरकारले एकिकृत नमुना बस्ती निमार्ण गर्न लागेको नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । पटरा खल्लाका २७ परिवारको बसोबासको लागी प्रति परिवार रु. ४ लाख रकम बाढीपिडितहरुको स्थायी आवास निमार्ण गर्न नेपाल सरकारले रकम पठाउने र निड्स नेपालले रु. २५ लाख र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले केही रकम बिनियोजन गरि व्यवस्थीत र जिल्लामै नमुनाको रुपमा एकिकृत नमुना बस्ती बसाउने योजना रहेको छ् । एकिकृत नमुना बस्ती निमार्णको जग्गा उपलब्धाको लागी पटरखल्ला नजिक रहेको जमुना आधाभुत बिद्यालय तथा आसपास क्षेत्रका स्थानियबासीहरु संग राय संकलनको लागी दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीको संयोजकत्वमा सर्वदलिय, सर्वपक्षिय १३ सदस्यीय एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने बिषयमा कार्यदल गठन गरिएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>