Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ३१ गते सोमबार

आज लाटा गन्यापकाे शिखर जात, यस्ताे छ महत्त्व र परम्परा

डडेल्धुरामा लाग्ने प्रसिद्ध लाटागन्याप मेला आज लाग्दै छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखर जाँत’ आज अथवा भाद्र ३१ गते (सोमबार ) राति हुँदै छ।
धार्मिक रुपले शिखर जाँतको आफ्नै महत्व र गौरव छ। मेला भर्नको लागि जाने दर्शनार्थीहरुले एक साता अगाडी देखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भै चोखो मनले मागेको वरदान पुरा हुने धार्मिक विश्वास रहेको छ ।
शिखरको गात ‘ठूलो ढुङ्गा’ सम्म पुग्नु भन्दा अगाडी विभिन्न ठाउँ–ठाउँमा दुध ढाल्नेमा दुध, अगरबत्ति तथा फूलपाती चढाएर पुजाआजा गरेर जाने विशेष परम्परा रहेको छ ।
शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिका स्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानडुङ्ग्रीसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ । देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरुमा दाइन दमाहा तथा भोक्करहरु ‘ठोकाइन’ बजाएर जाने गरिन्छ । दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाइहरुले मात्रै बजाउने गरेका जानकार बताउन छन् ।
गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ । कसैको छोरा नभएमा त्यहाँ गएर पूजापाठ गरे छोरा प्रदान हुने जनविश्वास छ ।
गन्यापका पुजारीका अनुसार बानणुग्री सैनका कुनै पनि बलायरको छोरा थिएनन् त्यहाँ गएर पूजापाठ गर्दा छोरा भएको इतिहास अहिले पनि छ । अहिले पनि ‘क्यारु पुसाई अपुती रैगई कोल’ भन्ने टुक्का त्यस क्षेत्रका स्थानीयले खेल खेल्ने बेला पनि गाउने गरेका छन्।
मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरुबाट भक्तजनहरु आउने गरेका छन् । जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका छन् ।
महाभारत वनक्षत्रको घनाजङ्गलमा रहेको शिखर धार्मिक, पर्यटकीय र रमणीय रुपमा प्रसिद्ध रहेको छ । यो क्षेत्रलाई ‘कान्छो खप्तड’ भनरे पनि चिनिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>