Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ३१ गते सोमबार

ज्योति कम्युनिटी सेन्टरको ७ औं वार्षिकोत्सव सम्पन्न ।

खडक काेली- कोरियन सहयोगी संस्था गेटपी र निड्स नेपाल कञ्चनपुरको सहयोगमा सञ्चालन भईरहेको एउटा सहयोग संस्था हो । यस संस्थाले गरिव विपनन वर्गका बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिदै आएको ज्योति कम्युनिटी सेन्टरकी कोर्डिनेटर सिन्दु सोनामले बताएकी छन । 
    प्रमुख अतिथि रहेका भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले १८ वडामा वर्षौदेखि बसिरहेका सुकुम्बासी बस्तीमा गरिव विपन्न वर्गका बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिईरहेकोले कोरियन सपोर्टर टिमकी प्रमुख गोल्डी लगायत कोरियन टिमलाई धन्यवाद दिदै वडा कार्यालयले पनि सहकार्य गरेर जाने प्रतिबद्धता गरेका छन । 
विपन्न तथा गरिव विद्यार्थीहरुलाई पढाउने सीप सिकाउने कोरियन सहयोगी संस्था गेटपी र निड्स नेपालको सहयोगमा चलिरहेको प्रोजेक्ट म्यानेजर इसा चौधरीले बताएकी छन । यस संस्थामा अध्ययन गरिरहेका विद्यार्थी विक्रम विक र किरन चौधरीले विभिन्न ठाउँबाट कमाएको केही रकम संस्थालाई सहयोग गरिरहेका छन । 
आइतबार सम्पन्न भएको वार्षिकोत्सवमा विभिन्न साँस्कृतिक कोरियन भाषाका नृत्य लगायत स्पीच कम्पिटिसन कार्यक्रम समेत भएका थिए । स्पीच प्रतियोगितामा प्रथम भएकी कलश उरावलाई ल्यापटप उपहार दिएका थिए भने अन्य स्पीचमा सहभागी विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार दिएको शिक्षक सुरज विष्टले बताए ।
कोरियन टिमकी प्रमुख गोल्डीले कोरियाबाट नेपाल आउन पाँच घण्टाको हवाई यात्रा लागेको बताउँदै नेपाल कोरिया भन्दा धेरै टाढा भए पनि सबै बालबालिका शिक्षक शिक्षिका आफ्नो मुटुमा रहेको बताएकी थिइन । उनको प्रेम भावले कार्यक्रममा उपस्थित रहेका सबै भावुक भएका थिए । समय समयमा आफू नेपाल आउने र थप सहयोग गर्ने प्रतिबद्धता जनाईन । 
कार्यक्रममा अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी, टोल समितिका सदस्य, सचिव, अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन ज्योति सेन्टरका शिक्षक सुरज विष्टले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>