आज भाद्र १ अर्थात कन्या संक्रान्ति सुदुरपश्चिम समेत केही ठाउँमा बुढि पाेल्ने दिन । आज बिहान देखि बनेको बुढी आज साँझ पोल्ने चलन सुदूरपश्चिम प्रदेश लगाएतका क्षेत्रमा रहि आएको छ । घरमा लुतो फालेर पोलेमा रोगव्याधी नसर्ने जनविश्वास छ । भगवान श्रीकृष्णलाई मार्ने भूमिका खेलेकी पुतनाको बध गरेको खुशीयालीमा बुढी पोल्ने चलन रहि आएको जनश्रुति रहिआएकाे छ ।
यसरी मनाइन्छ इन्द्रजात्रा
भाद्र शुक्ल पक्ष 'यँलाथ्व द्वादशी'को दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर 'यँलागाः चौथी' अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासंङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ । अनुहारमा विभिन्न देवी देउताका 'ख्वापाः' (अर्थात् मुखौटा) लगाएर नेवा: समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा 'योंसी' समेत भनिन्छ । उक्त लिङ्गोलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमान ढोकामा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् लिङ्गो ठड्याइएपछि 'इन्द्र ध्वजोत्थान' सम्पन्न हुन्छ र विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल सुरु हुन्छ ।
यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया