Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज ०१ गते मङ्गलबार

सालको रुख ३ बर्ष सम्म वनले लिएन नियन्त्रणमा, बोलाउदा पनि आएनन सुरक्षाकर्मि ।

कंचनपुर जिल्लामा अबैत्र रुपले राखिएको सालको रुख वनले नियन्त्रणमा नलगेको हो । शुक्लफाँटा वडा १२ स्थीत जनजागरण सामुदायीक वन उपभोक्ता समुहका सदस्य रामकिसन बोहराको घरमा काठ रहेको वन समुह, वन अधिकृत दुबै पक्षले स्वीकार गरेका छन ।उक्त घरमा सालको रुखका ७ गोलिया बाहेक केहि थान कडि समेत भएको वन समुहको मान्युटमा छ । 

वन समुहले बिगतमा डिभिजन वन अधिकृत भीम प्रसाद कडेलले नै काठ आवादिको हो भनी वन समुहलाई काठ उठाउन नदिएको भनि निर्णय नै गरेको छ । अहिले उक्त घरमा नापजोख गरे अनुसार काठ नभएकोले वन समुहले काठ नउठाएको वन समुहको निर्णयमा उल्लेख गरेको छ ।

यसरि वन सम्पदा माथि मनमर्जि चलिरहदा डिभिजन बन कार्यालय के हेरेर बसेको छ  । वन कर्मचारी संग मिलेमतो नभई कसरि जंगलको काठ कसैको घरदैलोमा पुग्छ र बर्षाै सम्म कानुनी प्रकृया नचाली थन्कीन्छ भनेर वन डिभिजन प्रमुख भीम प्रसाल कडेललाई सोध्दा वहाँले आफुलाई यसबारे जानकारी नभएको र उक्त क्षेत्र हेर्ने अधिकृत भोजराज शर्मालाई सोध्न भन्नुभयो ।यसबारे डिभिजन वन अधिकृत शर्मा संग कुरा गर्दा वहाँले यो काठ गत तिन बर्ष यता उक्त घरमा रहेको बताउनु भएको छ । आफु केहि समय यता मात्र आएको बताउदै बिगतमा नै यो काठ घाटगद्धि गरि सक्नुपर्ने भएपनि हाल सम्म नभएको र काठ रहेको घरधनी र वन समुह बिच के कसो बिवाद रहि रोकिएको देखियो आफुले यसलाई किनारा लगाउन प्रयास गरेको र सहयोगका लागी वन सुरक्षा कर्मि र प्रहरि समेतलाई बोलाउदा बिभिन्न बहाना गरि नआएको बताउनु भएको छ । सुरक्षा बिना वनका चार कर्मचारिले मात्र काठ उठाउन नसकिने, एक जनाको घरको काठ उठाउदा अरुको घरमा रहेको समेत खुल्न सक्छ, मानिसहरु आक्रमणमा पनि आउन सक्ने भएकोले सुरक्षा बिना काठ उठाउन नसकिएको बताउनुभयो । 
वन समुहले काठ बढी छ भन्ने वन कार्यालयले काठ परिणाम कम उल्लेख गरेको बिषयमा सोध्दा अधिकृत शर्माले कर्मचारीले सात गोलिया राख्नुपर्नेमा छ गोलिया राखेको देखिन्छ यो वन कर्मचारीकोे कमजोरी हाे, मादल जस्तो खोक्रो काठ भएकोले धान चुटन छोडेको बुझिन आएको उल्लेख गर्दै काठ भएको घरधनीको घर बाटोमा पनि रुखले केहि क्षति गरेको यस बारेमा समेत वन समुह र उपभोक्ता बिच विवाद रहेको बताउनु भएको छ । सामुदायिक वनले माईन्युटमा चिरान भएको काठ न गोलिया काठको नाप उल्लेख गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>