Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ असोज ०१ गते मङ्गलबार

वेदकाेटमा निड्सकाे दिगाे आम्दानी द्वारा महिला उद्यमिहरुकाे शसक्तिकरण परियाेजना" र यलडिसिआरपि बारे छलफल

निड्स नेपाल द्वारा बेदकाेटमा संचालित परियाेजनाहरुका बारे परियाेजना सल्लाकारहरुसंग साेमबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
याे कार्यक्रम फिनल्यान्डकाे Women`s Bank तथा FCA काे आर्थिक सहयाेगमा निड्स नेपाल द्वारा संचालित "दिगाे आम्दानी द्वारा महिला उद्यमिहरुकाे शसक्तिकरण परियाेजना" ले बेदकाेट नगरपालिका वडा ४,५ र कृष्णपुर नगरपालीका वडा २,४ मा संचालित छ । याे परियाेजनाले अति बिपन्न महिला गरिरहेकाे जस्मा मुक्त हलिया, मुक्त कमैया, एकल महिला, अपांगता भएका ब्याक्ति, प्रवासमा रहेका मानिसका परिवारका महिलाहरुलाई समेटेर एउटा समुहमा ३० जना महिला राखेर दुबै पालिकाका चारै वडामा ८ समुहमा २४० जना महिलाहरुलाई सहभागी गराईएकाे छ ।
पछाडी पारेका, परेका वर्गहरुलाई आर्थिक, सामाजिक सशक्तीकरण गरेर आयस्तर बृद्धि गर्ने, नेतृत्वमा ल्याउने उद्देश्य रहेकाे यश कार्यक्रमका संयाेजक हेमन्त शाहीले बताएका छन । वहाका अनुसार यश कार्यक्रमले दिगाे बिकास लक्ष्यका ५ वटा लक्ष्य गरिबीकाे अन्त्य, लैंगिक समानता, मर्यादित काम, आर्थिक बृद्धि,  असमानता घटाउने र जलवायु सम्बन्धि कार्य संग जाेडेर कार्यक्रम अगाडि बढिरहेकाे बताउनुभयाे ।


साेमबार बेदकाेट नगरपालिकामा आयाेजित कार्यक्रममा याे आर्थिक बर्षमा याे कार्यक्रम भित्र के के कार्यक्रम गरियाे र यश पछाडी के के गर्ने भनी स्थानिय पालिकाकाे सल्लाहाकार समिति संग छलफलर अन्तरक्रिया गरिएकाे थियाे ।
बेदकाेट नगरपालिकामा स्थानिय विपद तथा जलवायु उथ्थानसिल याेजना निर्माणकाे शुभारम्भ समेत भएकाे छ । यस्का लागि बेदकाेट नगरपालिका र निड्स नेपालले सहकार्य गरेका छन । निड्स नेपालले कन्सलटेन्ट हायर गरेर वेदकाेट नगरपालिकाकाे विपद ब्यावस्थापन समितिका पदाधिकारि, जनप्रतिनिधि, सम्बन्धित कर्मचारि, पत्रकार लगायत संग प्रारम्भिक चरणकाे छलफल गरेकाे छ । 
छलफलकै चरणमा प्रतेक वडाका अध्यक्ष तथा जनप्रतिनिधि प्रतिनिधि संग वडामा छलफल गर्ने बारे समेत छलफल गरिएकाे छ ।
नगरपालिका विपद फाेकल पर्सन पदम बहादुर ठकुराठीका अनुसार निड्स नेपाल संगकाे सहकार्यमा LDCRP निर्माणकाे लागि पुर्व तयारि बैठक आयाेजना गरेकाे बताउदै, नगरपालिकामा बाढि, डडेलाे, चट्याङ, जंगली जनावर आतंक, आगलागी लगायत विपद जन्य घट्ना भैरहेका हुनाले बिकास सम्बन्धि नीति कार्यक्रम याेजना तर्जुमा गर्दा विपद उत्थानसिल तर्जुमा गर्नुपर्ने हुन्छ । यसकारण १० बटै वडामा हुन सक्ने घट्नाकाे सेक्टरवाईज नक्साङ्कन गर्ने, पहिचान गरेेर नीति तथा कार्रक्रमहरु बनाउने र विपद पुर्वतयारि प्रतिकार्य र पुनःस्थापनामा सहयाेग पुग्ने गरेर कार्यक्रम गरिरहेकाे बताउनु भयाे ।
 कार्यक्रममा मेयर भाेजराज बाेहरा, उप मेयर तुलसि जाेशी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रशासकिय प्रमुख पदम राज भट्ट, सम्बन्धित कर्मचारि, निड्स नेपालका निवर्तमान अध्यक्ष  अन्जु भट्ट, कार्यक्रम संयोजक हेमन्त कुमार शाही, मिल अधिकृत सिर्जना जाेशी लगायत निड्सका कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>