Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ असोज ०३ गते बिहिबार

कुतियाकवर बस्ती महाकाली नदीमा समाहित हुनेमा सन्त्रास, परवल निर्यात गर्ने किसानकाे खेत बगरमा परिणत ।

बिगतका दिनहरुमा कुतियाकवर लगाएत क्षेत्रमा उत्पादन हुने परवल लगाएत तरकारी भारतको राजधानी लगाएत शहरमा निर्यात गरिन्थ्यो । जसबाट किसानहरुले त्यत्तीञ्जेल मनग्य आम्दानी गर्थे । परवाल उत्पादनबाट किसानहरुको जिवन स्तर हर्लक्क बढेर गएको थियो । भारतिय सुरक्षाकर्मीहरुले परवल निर्यात गर्न रोक लगाए संग दोधारा चाँदनी नगरपालिकाका किसानहरुले परवलको खेती गर्न छाडेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतिकवर तथा आसपासका बस्तीहरुमा तरकारीको राम्रो उत्पादन क्षेत्र कहलिएको हो । 
बस्तीहरुमा उत्पादन भएका तरकारी भारत लगाएत जिल्ला सदरमुकाम महेन्द्रनगर बजार सम्म पुग्ने गरेको थियो । धान, मकै, गहू, तेलहन, दाल, आलु, तरकारी लगाएत खेतीको लागी कुतियाकवर बस्तीको माटो उर्वरक मानिन्छ् । खाद्यान्न उत्पादन र यसको समुचित बितरण राज्यकाे जिम्मेबारी हो । तर यी कुरामा दोधारा चाँदनी नगर क्षेत्रको लागी राज्य निरिह देखिएको छ् । 
यस वर्ष आएको बिनासकारी बाढीले कुतियाकवर लगाएत बस्तीको अन्नपात र घरहरु तहसनहस बनायो । खेती योग्य जग्गा मरुभुमी बनेको छ् । उत्पादन हुने जग्गा मरुभुमी बनेपछि स्थानिय किसानहरुमा चिन्तामा छन् । बाढीको कारण महाकाली नदीको धार कुतियाकवर बस्तीमा तेस्रीएपछि कति बेला महाकाली नदीको पानी बस्तीमा पसेर अझै ठुलो उत्पात मच्चाउने हो भन्ने अझै उनिहरुमा चिन्ता बढ्दो छ् । बस्तीमा महाकाली नदीले यस वर्ष ४ बिघाह बढी खेतीयोग्य जग्गा कटानी गरिसकेको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक टेक बहादुर सुनारले बताउनुभयो । वर्षेनी महाकाली नदी र जगबुडा नदीले बस्तीको खेतीयोग्य जग्गा कटानी गर्दै आएको उहाँले बताउनुभएको छ् । कृषीमा आश्रित रहेको कुतियाकवर बस्तीका ४२ घरपरिवारलाई अवका दिनहरु कसरी छाक टार्ने भन्ने ठुलो समस्या देखा परेको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक टेक बहादुर सुनारले बताउनुभयो । सिमा सुरक्षा गरि बस्दै आएको कुतियाकवर बस्तीका स्थानियबासीहरुलाई नेपाल सरकारले सौतेनी व्यवहार गर्दै आएको उहाँको आरोप छ् ।  बस्तीको पश्चिम दिशा तर्फ जगबुडा नदी र पुर्व/उत्तर दिशा तर्फबाट महाकाली नदी बग्छ् । बाढीको बेला महाकाली नदीले कुतियाकवर बस्ती तिर सोझिएर बगेपछि बस्तीमा ठुलो धनमालको क्षती बनाएको हो । किसानहरुले लगाएको अन्नपात संग खेतीयोग्य जग्गा नदीले कटानी गर्ने, बाढीले घरहरु भत्काईदिने पिडा निकै दर्दनाक रहेको ओंमकार आधारभुत बिद्यालय दोधारा चाँदनी नगरपालिका– १० का शिक्षक टंकलाल जोशीले बताउनुभएको छ् ।
 लहलहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको सिकार भईरहेका छन् । बाढीबाट बिस्थापित हुदाको परिवारको बिचल्लीको अर्कै कहाली लाग्दो पिडा छ् । उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् । यी समस्याहरुबाट समयमै दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई बचाउन र खेती योग्य उर्भर भूमि कटान हुनबाट रोक्न, बर्षा नलागिकनै महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण गर्न आवश्यक छ् । मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । फेरि कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने पक्का पक्की भएको जानकारहरु बताउछन् । बर्षेनी आउने बाढीले जग्गा कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत नेपाल सरकार नदी नियन्त्रणको बिषयमा प्राय : मौन देखिन्छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>