Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज ०३ गते बिहिबार

बाढी प्रभावितहरुलाई निड्स नेपालद्धारा खाद्यान्न र आईएमई मार्फत नगद रकम सहयोग

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद र खाद्यान्न सहयोग गरिएको छ् । गत असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीबाट प्रभावित भएका दोधारा चाँदनी नगरपालिकाका ८३ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रु. ७ हजार ५ सय र खाद्यान्न सहयोग गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । 
दोधारा चाँदनी नगरपालिका संग समन्वय तथा सहकार्य गरि अक्सफाम र निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजना अन्तर्गत ८३ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रु. ७ हजार ५ सय र खाद्यान्न सहयोग गरिएको छ् । यस अघि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरले बाढीबाट पुर्ण क्षती भएका परिवारलाई आईएमई मार्फत प्रति घरपरिवार रु. ७ हजार ५ सय नगद रकम बितरण गरेको हो । बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रु. १५ हजार दिने केही दिन अघि गरिएको कार्यपालिकाको निर्णय अनुसार निड्स नेपाल कञ्चनपुर र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) संग समन्वय गरि उक्त रकम बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । 
दोधारा चाँदनी नगरपालिकाको बाढीको अत्यन्तै जोखिममा रहेको पटरा खल्ला बस्तीमा निड्स नेपालले निकै राम्रो काम गर्दै आएको उहाँले बताउनुभएको छ् । पटरा खल्लामा निड्स नेपाल कञ्चनपुरले स्थानियबासीको आर्थिक पार्जनको लागी बिभिन्न कार्यक्रम गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । बाढीबाट पुर्ण क्षती भएको घर परिवारलाई बहु–प्रयोजनका लागि आईएमई मार्फत प्रति घरपरिवार रु. ७ हजार ५ सय र  खाद्यान्न सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजना फोकल पर्सन बिनोद कडाराले बताउनुभयो । 
गत असार २२ गते देखि २५ गते सम्म रकर्ड ब्रेक गर्ने गरि आएको अविरल वर्षा संग बाढीले पुर्ण क्षती भएका घरपरिवारलाई आईएमई मार्फत नगद रकम रु. ७ हजार ५ सय र चामल, खानेतेल, चिनी, दाल, नुन सर्वोत्तम पिठो लगाएत खाद्यान्न सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजनाका फोकल पर्सन बिनोद कडाराले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले पिडामा रहेको बाढी पिडितहरुलाई नगद तथा खाद्यान्न सहयोग गरेकोमा निड्स नेपाललाई धन्यबाद दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिपद् परेको बेला निड्स नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत संस्थाहरुले ठुलो सहयोग गर्दै आएको उहाँले बताउनुभएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>