Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०८१ असोज ०६ गते आइतबार

कुतियाकवरका बाढीपिडितहरुका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

कंचनपुरको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा पालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले निमार्ण गरेको सुरक्षित आवास कुतियाकवर बाढीपिडितहरुका लागि महत्वपूर्ण आश्रय बनेको छ् ।
 दोधारा चाँदनी नगरपालिका– १० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)  र समुदायको झण्डै २७ लाख सयुक्त लगानीमा निर्मित सुरक्षित आवासले महत्वपूर्ण आश्रय स्थल बनेको हो । यस वर्षमा आएको अविरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीमा कुतियाकवर बस्ती डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका, गर्भवती महिला सहित ४२ घरपरिवारका स्थानीय बासिन्दाहरुले उक्त सुरक्षित आवासमा आश्रय लिएकाे वडा अध्यक्ष चन्द्र बहादुर सिहले बताउनुभयो ।
 यस्तै नेपाली सेनाले पनि २५ लाख लगानीमा उक्त बस्तीमा सुरक्षित आवास निमार्ण गरिदिएको अध्यक्ष सिहले बताए। २०३९ साल देखि वर्षेनी बस्तीमा बाढीले ठुलो क्षती गर्दै आएको र बस्ती जोड्ने झोलुङ्गे पुलले निमार्ण संगै कुतियाकवर बस्ती नेपाल संग जोडिन गएको उहाँले बताउनुभएको छ् । 
हालै नगरपालिका, बिभिन्न संघ–संस्था र नेपाली सेनाले कुतियाकवरबासीलाई बाढीको बेला ज्यान जोगाउन निमार्ण गरेको दुई वटा आवासले बाढीको बेला मानविय क्षती हुनबाट जोगाएको स्थानिय खड्के बुढाले बताउनुभएको छ् । महाकाली नदी र जगबुडा नदी बस्तीमा पसेर तहस नहस गरेको बेला स्थानीय बासिन्दाहरुले दुई वटै सुरक्षित आवास प्रयोग गरेका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को बाढीको पुर्व तयारी तथा प्रतिकार्यको लागी उक्त सुरक्षित आवास निमार्ण गरिएको हो ।
 यस्तै नेपाली सेनाले सिघ्र प्रभावकारी परियोजना अन्तर्गत बस्तीमा बाढीबाट बच्न सुरक्षित आवास निमार्ण गरिएको बताईएको छ् । अर्का स्थानियबासी खिमा कडेंल शर्माले निमार्ण गरिएको दुई वटा सुरक्षित आवासको निर्माणले बाढीजन्य विपत्तिका समयमा उनीहरुलाई सुरक्षित स्थान प्राप्त गर्न मद्दत पुर्‍याउदै आएको बताउनु भएको छ् । जसले उहाँहरुको जीवन र सम्पत्तिको रक्षा गर्न महत्वपूर्ण योगदान रहेको उहाँको भनाई रहेको छ् । सुरक्षित आवासलाई निरन्तर सुधार र थप व्यवस्थापन गरेर भविष्यमा पनि यस्ता विपद्को सामना गर्न सक्षम बनाउन नगरपालिकाले थप प्रयनस गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ् । निर्माण भए देखिनै सुरक्षित आवासले कुतियाकवर बस्तीका स्थानीयबासीहरुलाई बाढी जस्ता प्राकृतिक विपद्का बेला सुरक्षित आश्रय प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>