Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ पुष २९ गते बिहिबार

मालिकार्जुनमा प्रहरी बिच अापसमै भिडन्त

दार्चुलामा प्रहरीहरुबीच नै आपसमा झडप भएको छ । बुधबार बेलुकाको समयमा मालिकार्जुन प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद भएर झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गर्नुभयो । उहाँले सवारी साधन चेकजाँचको विषयलाइ लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको बताउनुभयो । मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको बताइएको छ ।

उक्त झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ । उनको हात र शरिरमा चोट लागेको हो । उता, जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने चौकीमा झडप भएकोबारे जानकारी नभएको जनाएको छ । डिएसपी मनोहर प्रसाद भट्टले भन्नुभयो, ‘झडप भएको जानकारी छैन । त्यस्तो नभएको होला । सामान्य विवाद भएपनि त्यो समाधान हुन्छ,’ । झडपमा संलग्न सुरक्षाकर्मीहरुलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको थियो ।

महाकाली लोकमार्ग क्षेत्रमा ट्राफिक प्रहरीको कमजोरीका कारण यातायातमा यात्रुहरुले सास्ती भोग्न बाध्य छन् । समयमा यातायात नपाउने र पाएपनि चर्को भाडा तिर्नुपर्ने बाध्यता रहेको यात्रुहरु बताउछन् । साथै ट्राफिक नियमको पनि पालन हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>