Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ असोज ०७ गते सोमबार

तटबन्ध, लालपुर्जा अभाव र मध्यवर्ती क्षेत्र महाकाली पारिका प्रमुख समस्या

महाकाली र जगबुडा नदिकाे किनारमा छ दाेधारा चाँदनी नगरपालीका ।  वडा १० कुतियाकवर बस्ति यी दुुवै नदिकाे दाेभान पारि भारत पट्टि छ । दुबै नदिकाे बिचमा पर्ने सयाै घर र कुतियाकबर बस्ति प्रतेक बाढिमा डुब्छन । घर भित्र बस्नसकिदैन, खाध्यान्न चाैपाया केही राख्न सकिँदन । पुरै बस्ति समुद्र जस्ताे जलामय हुन्छ । यस्ताे बिकराल अवस्था पछिल्लाे तीन बर्ष यता बढ्दै गएकाे दाेधारा चादनीका मेयर किशाेर कुमार लिम्बू बताउनुहुन्छ ।
यस्ताे बिकराल अवस्थामा पनि जिउ घन, पशुचाैपाया, खाध्यान्न लगायतकाे क्षति हुन नदिन दाेधारा चाँदनीमा साइरन जडान गरिएका छन, बाढि आउदा पुर्व सुचना प्रणाली छ ३-४ धन्टा पहिला नै सुचना पुग्ने गरेकाे छ । बाढिमा उद्धार गर्न बाेट, ट्युव, लाईफ ज्याकेट, दक्ष जनशक्ति लगायत विभिन्न कुराकाे प्रवन्ध गरिएकाे छ । बाढि आउने टाेलका सबै मानिस सर सामान सहित बाढि आउदा बस्ने घर (सेफ हाउसमा) बस्न जाने गरेका छन ।
यस्ताे अवस्थामा पनि बृद्धअबश्था भएका बालक मात्र रहेका घरमा केही क्षति बढ्ने गरेकाे अवस्था छ । बाढिले खेतिपाति अधिकाँस नष्ट हुने, खेत जमिन कटान हुने, घर टाेलमा जान कठिन हुने गरेकाे र जिवन निर्वाहका लागि समस्या हुने गरेकाे छ ।
याे नै नगरकाे प्रमुख समस्या रहेकाे नगर प्रमुख लिम्बू बताउनु हुन्छ । याे समस्या समाधान गर्न भुगाेल जाेगाउन दुबै नदिमा तटबन्ध आवश्यक छ, साना तिना तटबन्धहरु बन्ने गरेका भएपनि बाढिले बगाउने गरेकाे छ नबग्ने गरप एकै पटक निर्माण गर्न ठुलाे लागत लाग्ने, नगर सरकारकाे लगानीले नपुग्ने भएर प्रदेश र संघ सरकार गुहारेकाे मेयर लिम्बुले बताउनुभयाे । याे बाहेक नगरमा जंगली जनावरकाे आतंक छ याे बर्ष बाघले एक जनाकाे ज्यान नै लियाे दर्जनाै हात्ती गाउँ पसेर खेतिपाती सखाप पार्ने र राहत क्षतिपुर्ति दिन कानुनले राेकेकाे छ, जमिनकाे पुर्जा माग्छ जुन सरकारले दिन सकेकाे छैन अनि राहत माग्न नसकिने र सरकारले दिनुपनि नपर्ने अवस्थाले आफु पिडित भएकाे मेयर लिम्बू बताउनु हुन्छ ।
नगरकाे केही भुभाग शुक्लफाँटा राष्ट्रिय निकुन्जकाे मध्यवर्ती क्षेत्र पर्ने गरेकाे कारण बिकास निर्माणमा समस्या भएकाे छ ।  कानुन नै संशाेसधन गर्नुपर्ने तहकाे समस्या छन यस्का लागि माथिका सरकारहरुमा कुरा राखेकाे मेयर लिम्बू बताउनु हुन्छ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>