Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०७ गते सोमबार

साडा नेपाल बैतडिकाे बिद्धुतिय चुलाे प्रबर्द्धन कार्यक्रम शुक्लाफाटा-११ मा सम्पन्न

सामाजिक चेतना तथा बिकास संघ (साडा नेपाल) बैतडिकाे आयाेजनामा शुक्लाफाटा नगरपालिका - ११ नम्बर वडाकाे समन्वयमा बसन्त सामुदायिक बन उपभाेक्ता समिति र श्री कृष्ण सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारि र उपभाेक्ता गरि ६० जानाकाे उपस्थितिमा बिद्धुतिय चुलाे प्रबर्द्धन कार्यक्रम अन्तरगत व्यवहार परिबर्तन तथा बिद्धुतिय चुलाे प्रयाेग कार्यसाला गाेष्ठि सम्पन्न भएकाे छ।
साडा नेपालका बजार प्रबर्द्धन अधिकृत शिवराज पनरुले सहजिकरण गरेकाे साे कार्यक्रम ११ नम्बर वडाका वडा अध्यक्ष शेर बहादुर साउदकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे। कार्यक्रममार्फत बिद्धुतिय चुलाे प्रयाेगमा एकदमै लाभ भएकाे र आगामि दिनमा सामुदायिक बन हरुले आफ्ना उपभाेक्ताहरु लाई माग संकलन गरि त्रिपक्षिय साझेदारिमा बिद्धुतिय चुलाेमा पहुच पुर्याउन आफुहरु प्रतिबद्ध रहेकाे श्रि कृष्ण सामुदायिक बनका अध्यक्ष अमर बहादुर ऐर र बसन्त सामुदायिक बनका अध्यक्ष रन सिंह सुनारले बताउनु भयाे। कार्यक्रममा सहजिकरण गर्दै अधिकृत पनेरुले रेमिट्यान्सले धानेकाे नेपालले बर्सेनि झण्डै ६५ अर्ब रुपैया एल पि जि किन्न बिदेश पैसा जाने गरेकाे मा साे पैसा केही हद सम्म भएपनि कटाैति गर्न नेपालमै उत्पादित बिद्धुत प्रयाेग गरि समुन्नत नेपाल निर्माणमा याे कार्यक्रममार्फत लाभ हुने बताउनुभयाे।
 बिश्व स्वास्थ्य संगठनकाे अनुसन्धान रिपाेटले नेपालमा बर्सेनि भान्साकाेठामा दाउरा, गुईठा जस्ता ईन्धनबाट निस्केको धुवा बाट झण्डै २२,८०० मानिस स्वासप्रस्वासकाे बिरामिका कारण मृत्युहुने विभिन्न रिपाेर्टमा उल्लेख गरेकाेले याे कार्यक्रम स्वास्थ्यका लागि पनि लाभकारि रहेकाे पनेरुले बताउनुभयाे।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>