Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज १० गते बिहिबार

प्राविधिक टोली सहित शुदुरपश्चिम प्रदेश सभाका सदस्य राना दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा

शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना सहित जनताको तटबन्ध कार्यालयका प्रवाधिक टोलीले दोधारा चाँदनीको जगबुडा नदी र नदीले भत्काएका पक्की तटबन्धनको स्थलगत निरिक्षण गरेका छन् । शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना सहित जनताको तटबन्ध कार्यालयको टोलीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती क्षेत्रको जगबुडा नदीले गरेको क्षती र तटबन्धनको स्थलगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । यस वर्षको बाढीबाट दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बस्तीमा क्षती बनाएको र जनताको तटबन्ध कार्यालयका प्राविधिक सहित शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाको टोलीले कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती क्षेत्रको जगबुडा नदीले गरेको क्षती र तटबन्धनको अवस्थाको स्थलगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । तटबन्धन निमार्णका अध्यन गर्नको लागी जनताको तटबन्ध कार्यालयका प्राविधिक टोलीलाई जगबुडा नदी क्षेत्र र बाढीले बढी प्रभाव पारेको स्थानको स्थलगत अनुगमन गरिएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताउनुभयो । गत भदौ २७ र २८ गते र त्यस अघि आएको अविरल वर्षा संग महाकाली नदी जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो धनमालको क्षती बनाएको छ् । जनताको तटबन्ध कार्यालयका प्राविधिक टोलीलाई गरिएको आग्रह अनुसार महाकाली नदी र जगबुडा नदीले गरेको कटानी र त्यसको रोकथामको लागी पक्की तटबन्धनको लागी निरिक्षण गरिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । यस वर्ष आएको बाढीले नगर क्षेत्रमा ठुलो धनमालाको क्षती बनाएको उहाँको भनाई रहेको छ् । अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्धन निमार्ण गर्नु अति आवश्यक देखिएको उहाँले बताउनुभयो । प्राकृतिक प्रकोपबाट पिडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि आफ्नो पहल जारी रहेको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभयो । बाढीले गरेका साना–तिना र थोरै रकमले हुने मर्मत, संभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव उहाँले दिनुभएको छ् । शुदुरपश्चिम प्रदेश सभाका सदस्य राना मगरले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकार संग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो पहल भईरहेको उहाँले बताउनुभएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>