Samriddhipost
२०८३ भदौ ३० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ११ गते शुक्रबार

बैतडीमा जिप दुर्घटना, सल्ला रुपमा अड्कियाे जिप, छ जन घाइते

बैतडीमा जिप दुर्घटना  भएकाे छ । जिल्लाकाे  छेला-दुर्गाभवानी कच्ची सडककाे डुवापानीमा से१ ज ३२० नम्बरको बाेलेराे जिप गएराति साढे १० बजेतिर दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परेर चालकसहित छ जना घाइते बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, साेहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ रहेका छन्।

घाइते मध्ये दिलिपकाे अवस्था गम्भीर रहेकाे छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रिफर गरिएको छ।
अन्य घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेकाे छ।जिप सडकबाट १० मिटर तल खसेर सल्लाकाे रूखमा अड्किएकाे छ।
दुर्घटनाग्रस्त जिप रूखमा अड्किदा ठुलाे दुर्घटनाबाट बचेकाे प्रहरी निरीक्षक ढुंगानाले बताए ।आठजना सवार रहेकाे जिप अनियन्त्रित भएर दुर्घटनामा परेकाे बताइएकाे छ। सवार दुईजना भने सकुसल रहेका छन्।घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>