Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज १३ गते आइतबार

सुदुरपश्चिम विश्वविद्यालय भवन निर्माणमा चरम लापरबाही, सबै तै चुप मै चुप ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा निर्माण भैरहेको इन्जिनियरिङ्ग ब्लकको भवन निर्माणमा चरम लापर्वाही देखिएको छ । निर्माण कम्पनिले मापदण्ड बिपरित वालहरु टेढो बनाएको छ, सिढिहरु निर्माणमा समस्या रहेकाे कन्सलट्यान्ट कम्पनिले देखाएकाे छ भने कोलमको रिबार (कोलमको रिङ्ग) डिजाइन भन्दा कम  राख्नुका साथै कमसल फर्मा प्रयोग गरी पिल्लर समेत बाङ्गाटिङ्गा बनाएको छ । 
कोलमको जोड राम्रो नभएका कारण बिमको जोडमा हनीकम्प(छिद्र) देखिएको छ । वालको प्लास्टर १८ देखि २४ एम एम हुनुपर्नेमा ३६ एम एम मोटो राखिएको छ । निर्मााणको काम हेरीरहेको इआरएमसि मल्ल पिकासो जेभि कल्सलटेन्सिले निर्माणकार्य सुधारका लागि पटक पटक पत्र काटेपनि ठेकेदार पक्षले भने बिग्रेको कामलाइ ढाकछोप गर्दै सम्पन्न गर्ने प्रयास गरिरहेको छ ।
 इआरएमसि मल्ल पिकासो जेभि कल्सलटेन्सिका रेजिडेन्ट इन्जिनियर पुष्प कमल उपाध्यायले निर्माण कार्यमा प्राबिधिक समस्या रहेको भन्दै यसको सुधारको प्रयास भैरहेको बताउनुभएको छ । तर निर्माणमा भएका धेरै त्रुटीहरु भने अझै ज्यु का त्यु छन ।
 असोज महिना निर्माण कम्पनिको काम सम्पन्न गर्ने अन्तिम अवधि हो । यस बिचमा कल्सलटेन्सिले पटक– पटक सचेत गराउदै पत्र लेखेको छ । २०७८ साल साउनमा श्री एम के बिल्डर्स एण्ड कन्सट्रक्सन धनगढी कैलालीले एक बर्ष तीन महिनामा सम्पन्न गर्ने गरी भ्याट बाहेक ६ करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो । पटक पटक म्याद थपेर २०८१ असोज मसान्तसम्म अन्तीम म्याद रहेको छ । यस पुर्ब पनि निर्माण कम्पनिले मापदण्ड बिपरित कमसल इटा प्रयोग गरेको थियो । निर्माण कम्पनिले योजनाको साइनबोर्ड समेत लगाएको छैन । सुदूरपश्चिम विश्वविद्यालयको म्यानेजमेन्ट ब्लकको भवन निर्माणमा समेत देखिएको छ । मापदण्डद बिपरित कमसल टाइल प्रयोग गरेको भन्दै कल्सलटेन्सिले सुधारका लागि पत्र लेखेको भएपनि निर्माण कम्पनिले हाल सम्म सुधार गरेको छैन । प्रसंसा कन्सट्रन्सन धनगढीले यो काम गरिरहेको छ । 
सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार यज्ञराज पाठकले निर्माण कार्यमा धेरै त्रुटि भएको भन्दै हस्तातरण हुनुपुर्ब सबै त्रुटि करेन्सन हुने बताउनुभएको छ । आफुले आर्थिक अनियमितता गरेको कुरा निराधार भएको भन्दै यस्तो कुनै कुरा पुष्टि भए जस्तो सुक्कै सजाय भोग्न तयार रहेको उहाको भनाइ रहेको छ । निर्माणमा त्रुटी हुदा झयाल ढोका राम्रोसंग मिलेको छैन भने कतिपय वाल समेत चर्किन थालेको छ ।  हाल सम्म पनि निर्माण कम्पनिले निर्माणमा भएका त्रुटिहरु सुधार गर्न ध्यान नदिएका कारण भवन निर्माणमा थप ढीलाइ हुने देखिएको छ ।
यहाकाे संरचना निर्माण समितिमा विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक अध्यक्ष र लेखा, प्रशासन र विभिन्न पदाधिकारि लगायतका सदस्य रहेकाे समिति रहेकाे छ । यश बाहेक सारेकारबाला पक्षहरु, प्रध्यापक, कर्मचारि, विद्यार्थी संगठन, राजनितिक दल र नागरिक समाज तै चुप मै चुप रहेका छन । 
यसरी नै चुप रहेकाेका कारण बिगतमा बनेका भवनमा समस्या नै समस्या देखिएका थिए । 

थप विवरण तलकाे भिडियाेमा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>