Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १३ गते आइतबार

जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । गयराती हात्तीको बथानको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगा जाईका ५० बर्षिया रामदल रानाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगाजाईका स्थानीय ५० बर्षिया रामदल रानाको मुत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार शनिबार राती हात्तीको बथान लालझाडी वन हुँदै डाँगाजाई गाँउ प्रवेस गरेको थियो ।

 

‘हात्ती धपाउने क्रममा भागदौड मच्चिएर राना हराएका थिए, ‘प्रवक्ता जोशीले भने, ‘राती खोज्दा भेटाएन्, बिहान उखुबारीमा हात्तीले कुल्चिएको अवस्था फेला परेका छन ।’ हात्ती धपाउने क्रममा स्थानीय ३५ बर्षिया नियानन्द राना पनि समान्य घाईते भएका छन । उनको खुट्टामा चोट लागेको र घरेलु उपचार गरिरहेको स्थानीयले बताएका छन । 

कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्र्रमणमा परेर मानिसको ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म १२जनाले ज्यान गुमाईसकेका छन । भने, दर्जनौँ मानिस घाईते भएका छन । बर्षनी अन्नबाली, भौतिक सरचनामा क्षति पुगेको छ । तर,पनि सम्बन्धीत निकायबाट हात्तीका आक्र्रमण रोकथामका प्रभावकारी योजना संचालन हुन सकेका छैनन। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>