Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १५ गते मङ्गलबार

देशमा तीन दिने शाेक घाेषणा, झण्डा आधा झुकाइने
फायल तस्बिर

बाढी पहिरोका कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए।  त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।


मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मन्त्रिपरिषद्का सदस्यहरूको एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत गरिएको छ। त्यस्तै राहत र उद्धारका लागि सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने आह्वान पनि गरेको छ। त्यस्तै बाढी पहिरोका कारण घाइते भएकाहरूलाई निशुल्क उपचार र उपचारमा कुनै कमी हुन नदिने निर्णयसमेत भएको मन्त्री गुरुङले बताए। त्यस्तै सडक, खानेपानी, दूरसञ्चार, विद्युतलगायतका संरचनामा पुगेको क्षतिबारे सम्बन्धित मन्त्रालयले प्रतिवेदन बुझाउने निर्णयसमेत गरिएको छ। 

 
त्यस्तै प्रभावित जिल्लामा अनुगमन टोली गठन गरेर खटाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको मन्त्री गुरुङले बताए। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका ओलीले मंगलबार विशेष पत्रकार सम्मेलन गर्ने भएका हुन्। प्रधानमन्त्री ओलीले देशमा गएको प्राकृतिक विपत्तिका विषयमा पत्रकार सम्मेलन गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>