Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १६ गते बुधबार

दोधारा चाँदनीमा हेल्मेट प्रयोग नगर्ने दुई पाङग्रे सवारी साधन प्रयोगकर्तालाई ‘हेल्मेट’ उपहार

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सयुक्त आयोजनामा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिनुभएको छ् । बढ्दो सवारी साधान र ट्राफिक नियमको उल्लंघनको कारण हुने सडक दुर्घटनाले बिगतमा अकालमै कयौं अंगभंग र ज्यान गुमाएको अवस्थालाई मध्यनजर राख्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सयुक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । हेल्मेट प्रयोग नगरि मोटरसाईकल चलाउने सवारी चालकलाई उपहार स्वरुप हेल्मेट उपहार दिईएको वडाध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । भारतिय क्षेत्रको प्रभावको कारण नगर क्षेत्रमा बिना हेल्मेट मोटरसाईकल चलाउने, तिब्र गतीमा सवारी साधान गुडाउने लगाएतका कार्यले ठुलो दुर्घटना निम्त्याउने हुदा सडक दुर्घटना न्युनिकरणको लागी वडा कार्यालयको सहयोगमा ईलाका प्रहरी कार्यालय संग सम्वन्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको मुल सडकहरुमा ईलाका प्रहरी कार्यालयको प्रहरी टोली, जनप्रतिनिधी तथा स्थानियबासीहरुको उपस्थितीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ् । नगर क्षेत्रमा दुई पाङग्रे सवारी साधन प्रयोगकर्ताहरुले प्राय : हेल्मेट प्रयोग नगरि सवारी साधना हाक्ने गरेको देखिएको हुदा दुर्घटना न्युनिकरण गर्न वडा नं. ६ वडा कार्यालय र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आयोजनामा ट्राफिक सचेतना संगै मोटरसाईकल सवारी चालकहरुले बिना हेल्मेट सवारी साधन प्रयोग गरेकाहरुलाई उपहार स्वरुप हेल्मेट बितरण गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभयो । दशै तिहारलाई लक्षित गरि नेपाल प्रहरीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा थप कडाई गर्ने बताएको छ् । सडक दुर्घटना न्युनिकरण गर्न तथा दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको नगरपालिका भएको हुदा चाड पर्वको बेला अपराधिक गतिबिधी हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै यस पटक ट्राफिक चेक जाँचलाई थप कडा गरिने ईलाका प्रहरी कार्यालयको भनाई रहेको छ् । वडाध्यक्ष ओंम बस्नेत र प्रहरीको यो कार्यलाई स्थानियहरुले स्वागत गरेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>