Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १६ गते बुधबार

वडा अध्यक्षले गरे बिपन्न लाई खाध्यान्न सहयाेग

खडक ब. काेली

दोधारा चाँदनी नगरपालिका का एक वडा अध्यक्षले अति विपन्न तथा गरिव परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । दोधारा चाँदनी नगरपालिका ४ नम्बर वडा कार्यालयका वडा अध्यक्ष भक्त बहादुर सुनारले असाढ २३ र २४ गते परेको अविरल वर्षाले डुवानमा परेका १० नम्बर वडाका ३ परिवार (आशा सुनार, गोला देवी सुनार र नितु सुनार) र ४ वडाका १ परिवार (मन्जन शाही)लाई खाद्यान्न सामग्री वितरण गरिएको बताए । उनले अति विपन्न तथा गरिव परिवारलाई प्रति परिवार १ कट्टा चामल, २ किलो दाल, २ किलो तेल, २ किलो नुन, २ किलो चिनी, २ किलो चियापत्ती, २ पाकेट कपडा धुने सोडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष सुनारले बताए ।
     त्यसैगरी आफूलाई साँझ विहान हातमुख जोड्न समेत अप्ठ्यारो भएको बेला वडा अध्यक्षज्यूले खाद्यान्न सामग्री दिएकोमा पिडित परिवारहरुले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का अति विपन्न तथा बाढी पिडित आशा सुनार, गोला देवी सुनार, नितु सुनारले ४ नम्बरबाट खाद्यान्न सहयोग पाएकोमा  खुसी भएका छन । यस भन्दा अगाडी पनि वडाध्यक्ष्ले आर्थिक तथा खाद्यान्न सहयोग गरेर सामाजिक कार्य गर्दै आएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>